स्वास्थ्य शिविरमा एक हजार पाँच सयले लिए स्वास्थ्य लाभ



Download our app to get more features

रामपुर (पाल्पा), १५ फागुन । बालिघाट क्षेत्र संरक्षण समितिको आयोजनामा डेढगाउँमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५ सय बिरामीले सेवा लिएका छन् । 

शनिबार सञ्चालन गरिएको शिविरमा कालीगण्डकी बेसीका पाल्पा, नवलपरासी, तनहुँ र स्याङ्जाका नागरिकले सेवा लिएका हुन् । एक दिने निःशुल्क शिविरमा विशेषज्ञसहितका डाक्टरद्वारा हाडजोर्नी, बालरोग, स्त्रीरोग, मानसिक रोग, नशा रोगलगायतका सेवा प्रवाह गरिएको थियो । 

स्वास्थ्य शिविरमा ८९ जनाले भिडियो एक्स–रे, अल्ट्रासोनोलोजिस्ट सेवा लिएको स्वास्थ्य एकाइका संयोजक वीरबहादुर बिसीले बताए । 

दुई दिनको समय बिताएर पोखरा, बुटवल, कावासोतीमा स्वास्थ्य उपचारका लागि पुग्ने गरेका यहाँका स्थानीयवासीले घरदैलोमै सञ्चालन भएको शिविरबाट धेरै सुविधा लिन पाएकामा निकै उत्साहित भएको स्थानीयवासी चेतन पुलामीले बताए । 

स्थानीयवासीले बेलाबेलामा विभिन्न सुविधासहितको स्वास्थ्य शिविरसमेत सञ्चालन गर्न अनुरोध गरेका छन् । गाउँमा सञ्चालन भएको निःशुल्क र अत्याधुनिक शिविरबाट विविध सेवा लिनुका साथै समय र खर्चको पनि बचत भएकामा उनीहरु निकै उत्साहित भएका छन् । विशेषगरी यहाँ चलेको शिविरबाट वृद्धवृद्धा र महिला बढी लाभान्वित भएका छन् । रासस


 

Last modified on 2017-06-23 14:01:15

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts