शिवरात्रिका अवसरमा पशुपतिनाथमा ६२ भन्दा बढी स्वास्थ्य शिविर



Download our app to get more features

काठमाण्डौं, १३ फागुन । महाशिवरात्री मेलामा पशुपतिनाथ क्षेत्रमा आएका भक्तजनको आकस्मिक स्वास्थ्य उपचारका लागि साना ठूला गरी ६२ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपतिनाथमा दर्शन गर्न आएका भक्तजनकको स्वास्थ्यमा विशेष ध्यान दिदै सरकारी, गैरसरकारी तथा विभिन संघसंस्थाहरुले पशुपती क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका शिवरात्रि मेला संयोजक गोविन्द प्रसाद आचार्यले बताए । 

शिवरात्रिको अवसरमा पशुपतिको दर्शनका लागि आएका भक्तजनमा रिंगटा लाग्ने, टाउको दुख्ने, वेहोस हुने जस्ता समस्या देखिएको शिविरमा सहभागी डा. सुमन अर्याले बताए । उनका अनुसार लामो समय खाली पेट लाइनमा बस्नु पर्ने भएकाले कमजोरीका कारण यस्ता समस्या देखिएको हो । 

पशुपति क्षेत्रमा आकस्मिक उपचारको साथ साथै एम्वुलेन्सहरुको पनि व्यवस्था गरिएको छ । विभिन्न संस्थाले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको संयोजक आचार्य बताए ।  


 

Last modified on 2017-06-23 14:12:39

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts