सोह्रखुट्टेमा खुल्यो पर्यटक लक्षित ‘एरा हेल्थ सेन्टर’ 



Download our app to get more features

काठमाडौं, १३ फागुन । काठमाडौंको  सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शैयाको ‘एरा हेल्थ सेन्टर’ का स्थापना भएको छ । 

अस्पतालको आज स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल व्यवस्थापनलाई आग्रह गरे । उनले भने ‘नेपाल सरकारले तोकेको मापदण्ड पु¥याएर सञ्चालनमा आएको यस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’ 

सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको दावी गरेको छ । सेन्टरबाट स्वदेशी तथा विदेशी पर्यटकहरुले आवश्यकअनुसार मेडिकल इमर्जेन्सीको लाभ लिन सक्छन् । सेन्टरका अध्यक्ष एवं मेडिकल डाइरेक्टर डा. गिर्वाण राजतिमिल्सिनाले अस्पताललाई नेपाल भरीकै एउटा उत्कृष्ट ट्राभलर सेन्टरका रुपमा सुरु गरिएको र कुनै पनि विदेशी  नेपाल आउँदाको समय बिरामी भएको बेला उपचार गर्न नपाउने अवस्थाको अन्त्य गर्ने बताए । अस्पताललाई एसियाकै उत्कृष्ठ ट्राभलर सेन्टर बनाउने उद्देश्य राखेको डा. तिमिल्सिनाको भनाइ छ । 

मुलुकमा विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल नगन्य भएको अवस्थामा एरा हेल्थ सेन्टरले पर्यटकहरुको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अस्पतालका निर्देशक भानु ढकालले बताए । 

Last modified on 2017-06-23 14:15:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts