चीनमा सङ्क्रामक रोगका कारण गत वर्ष १८ हजारको मृत्यु



Download our app to get more features

बेइजिङ (चीन), १३ फागुन । चीनमा सन् २०१६ मा सङ्क्रामक रोगका कारण १८ हजार २३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ । 

सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २ सय ३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ । 

सो समयमा एक जनाको प्लेग (पेसिलेन्स) र २७ जनाको हैजाको उच्च जोखिमयुक्त क वर्गको सङ्क्रमण भए पनि सबै जना उपचारपछि घर फर्किएको आयोगले बताएको छ । 

सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको सङ्क्रमण भेटिएको थियो । जसका कारण १७ हजार ९ सय ६८ जनाको मृत्यु भएको चीनले बताएको छ । 

एचआईभी÷एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारण मृतकमध्ये ९८.८ प्रतिशतको मृत्यु भएको थियो । 

त्यस्तै ग वर्गको रोगको सङ्क्रमण ३९ लाख व्यक्तिमा देखिएकोमा २ सय ६९ जनाको यसबाट मृत्यु भएको आयोगले जानकारी गराएको छ । रासस
 

Last modified on 2017-06-23 14:22:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts