एचआइभीको उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान
हानोई, ११ फागुन । भियतनामका स्वास्थ्य मन्त्रीले एचआईभी/एड्सको रोकथाम, सचेतना र उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान गरेका छन् ।
एचआईभी/एड्स सम्वन्धी कार्यक्रमलाई जेल, दुर्गम र गरिवीमा रहेकालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका हुन्।
भियतनामको एचआइभी/एड्स रोकथाम तथा नियन्त्रण निकायका प्रमुख न्युयन होङ लङले एचआइभी/एड्स रोकथाम तथा नियन्त्रणका लागि अप्नाइएको रणनीतिमा सुधार गर्नुपर्ने र उपचार सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताए ।
भियतनामको सरकारी समाचार संस्था भिएनएसँगको कुराकानीमा उनले भियतनाममा झन्डै दुई लाख पाँच हजार जना एचआइभी सङ्क्रमित भएको सरकारी तथ्याङ्क रहेको जानकारी दिएका छन् । तीमध्ये एक लाख १५ हजार ५ सय ९४ जनालाई मात्रै उपचारको शिलशिलामा रहेका उनले बताए ।
रासस/सिन्ह्वा
Last modified on 2017-06-23 14:25:51
Reporter
View Other Stories by Author >>