स्पार्क हेल्थ होमले मनायो रजत जयन्ती 

What's This?


Download our app to get more features

काठमाण्डौं, ११ फागुन । प्राकृतिक चिकित्सा क्षेत्रमा विश्वास कमाउन सफल स्पार्क हेल्थ होम अस्पतालले रजत जयन्ती मनाएको छ ।

बुधवार एक कार्यक्रमवीच सुचना तथा संञ्चार मन्त्री सुरेन्द्र कार्कीले पानसमा बत्ती बालेर अस्पतालको २५ औँ वर्षिक उत्सव कार्यक्रमको उद्घाटन गरे । 

कार्यक्रममा आयुर्वेद विभागका डा सोमलाल सुबेदीले सरकारले प्राकृतिक चिकित्सा उपचार पद्धतिलाई उपहास गरेको गुनासो गरे । उनले भने, ‘विश्वमा अहिले देखा परिरहेको नसर्ने रोगको भयावह अवस्थालाई प्राकृतिक चिकित्सा पद्धतिले न्युनिकरण गर्ने थाहा हुँदा पनि सरकार चुप लागेर बसेको छ ।’ उनले आफ्नै घर आँगन, खेतबारी, जङ्गलमा पाइने जडीबुटीका महत्वबारे थोरै मात्र ज्ञान रहेको अवस्था छ, यस्तो प्रवृत्तिलाई अन्त्य गर्न यस्ता अस्पतालले निःशुःल्क रुपमा सेवा दिनुर्नेमा जोड दिए । 

अस्पतालका अध्यक्ष टङ्कनाथ पौडेलले आगामी दिनमा प्राकृतिक उपचार पद्धति र योगालाई सँगै अगाडी बढाउने बताए । उनले पैसाको अभावमा कोहि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै अस्पतालले धनी र गरिब नभनि सबैले उपचार गर्न सक्ने वाताबरण सिर्जना गरेको जानकारी दिए ।अस्पतालले हालसम्म दश लाख भन्दा बढी बिरामीलाई सेवा दिइसकेको पनि उनले बताए । 
। 

कार्यक्रममा अस्पतथालले आफ्नो सेवाको बारेमा जानकारी दिएको छ । कार्यक्रमको अवसर पारेर अस्पतालले अस्पतालको स्मारिका समेत विमोचन गरेको छ । आफ्ना कर्मचारीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले १० बर्षदेखि निरन्तर सेवामा रहेका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । रजत जयन्तिको अवसरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

अस्पतालले प्राकृतिक चिकित्सा पद्धति मार्फत विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी रोगलाई उपचार गर्दै आएको छ । कालिमाटीमा रहेको अस्पतालले आफ्नो शाखामार्फत पोखरा, विर्तामोड, धरान, विराटनगर, जनकपुर, दमौली लगायतका सहरमा पनि सेवा प्रवाह गर्दै आएको छ । 

Last modified on 2017-06-23 14:26:43

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts