दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त, वर्षौं देखि रोग लुकाउँदै
बाजुरा, ११ फागुन । बडिमालिका ३ बस्ने ७३ बर्षिय लक्ष्मि पण्डितको पाठेघर खस्ने समस्या भएको १० बर्ष भयो । शुरु शुरुमा लाज मान्ने भएका कारण उनले यो समस्या लुकाउदै आईन् । अप्ठयारो समयमा आएपछि मात्र उनले जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा निशुल्क पाठेघर खस्ने सम्बन्धि स्वास्थ्य शिविरमा अप्रेसन गरीन् । लाज मान्ने भएका कारण रोग लुकाउदै थिए, कसैलाई पनि भनिन, अहिले सारै ग्राहो भएपछि मात्र छोरालाई भनेपछि उनको उपचार भएको लक्ष्मिले वताईन् ।
लक्ष्मि जस्तै बडिमालिका ८ बस्ने ३५ बर्षिय जलु साउदको पाठेघरमा समस्या आएको २१ बर्ष भयो । १४ बर्षको उमेरमा पहिलो बच्चा पाएको बेला उनमा समसइा देखिएको थियो । त्यपछि पनि उनले ३ वटा बच्चाको जन्म दिईन्, तर उनले आफ्नो समस्या कसैलाई भनिन् । सारै समस्या भएपछि मात्र श्रिमानलाई भनेपछि उनले समस्या भएको २१ बर्षपछि उपचार गरेको उनका श्रीमान जय साउदले वताए । त्यस्तै बडिमालिका पाटा बस्ने ५० बर्षीय फुगि दानिले पाठेघरमा समस्या भएको १८ बर्ष पछि बल्ल उपचार गरिन् । उनले भनिन् गाँउमा धेरै महिलाका यस्तो समस्या रहेको उनिहरु कसैलाई भन्न नचाएर रोग पाल्दै आएका छन्, आफुले भने सारै समस्या भएपछि उपचार गरेको बताईन् ।
यि केही उदाहरण मात्र हुन् । यि जस्तै दुर्गमका महिलामा पाठेघर खस्ने समस्याले आक्रान्त बनेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो समस्या बाट बढी पीडित भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डा. मोहन नाथले वताएकाछन् । गाँउ गाउमा गएर रोग पत्ता लगाएका महिलाहरु पनि जिल्लामा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दा उपचार गर्न नआएको नाथले वताए । बाहिर जादा धेरै पैशा खर्च हुन्थ्यो, जिल्लामै अप्रेशन गर्दा खान बस्न र १५ सय रुपैया दिदा पनि सेवा लिन नमानेको वताए । महिलाहरु लाज मान्ने भएका कारण रोग लुकाउदै आएको नाथले भने ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा नेपालगञ्ज मेडिकल कलेज सहयोग र जिल्ला स्वास्थ्य कार्यलयको आयोजनामा भएको पाठेखर तथा आङ्ग खस्नेको निशुल्क अप्रेशन शिबिरमा ४ दिनमा २७ जनाको अप्रेशन भएको छ भने, ९ जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको छ ।
अप्रेशन गरेका अधिकांश महिलाले लामो समय देखि रोग पाल्दै आएको पाईएको नेपालगञ्ज मेडिकल कलेजका सामुदायिक कार्यक्रम सयोजक राम बहादुर मल्लले वताए । जिल्लामै आएर अप्रेशन पनि गर्ने पैशा पनि दिदा सम्म पनि उपचार गर्न नआएको उनले वताए । यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली अोराली गर्नु पर्ने, भारी बोक्नु पर्ने, बच्चा धेरै जन्माउँनु पर्ने अशिक्षा लाज मान्ने प्रवृत्ति लगायतका कारणले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने गरेका परिवार नियोजन सुपरभाईजर दुर्गा बजगाईले वताएकि छन् ।
यो स्थिति हेर्दा बाजुरामा पाठेघर खस्ने समस्या भयाभय स्थिति रहेको उनले वताईन् । दुर्गमका महिलाहरु अझै पनि यौन रोगहरु लुकाउने गरेका छन् । जसका कारण बर्षौ देखी रोग लुकाएर बस्ने गरेका छन् ।
Reporter
View Other Stories by Author >>