मन्त्रालयको भनाईप्रति आन्दोलनकारी स्वास्थ्यकर्मीको खेद

What's This?


Download our app to get more features

काठमाण्डौं, १० फागुन । स्वास्थकर्मीहरुको आन्दोलनका कारण विभिन्न खोप कार्यक्रम प्रभावित भएको स्वास्थ मन्त्रालयकोे भनाईप्रति आन्दोलनरत स्वास्थ्यकर्मीहरुले खेद प्रकट गरेका छन् ।

 स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सात संघ संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्रालयको आरोप खण्डन गरेका हुन् । मन्त्रालयले स्वास्थ्यकर्मीबीच आपसी द्धन्द सिर्जना गरेको, मानसिक तनाव दिएको र आन्दोलनका कारण खोप कार्यक्रम प्रभावित भएको आरोप लगाएको उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘स्वास्थ्यकर्मीहरु आफ्नो कर्तव्यप्रति सदैव सचेत रहेका छौं । हाल जारी आन्दोलनको क्रममा जनतामा प्रभाव सेवाहरु नियमित खोप सेवा, डट्स कार्यक्रम, बर्थिङ सेण्टर सेवा, विपन्न नागरिक उपचार सिफारिस सेवा तथा स्वास्थ्य संस्थाहरुवाट प्रस्तुत गरिने आकस्मिक सेवाहरु नियमित रुपमा सुचारु रहेको व्यहोरा अवगत गराउन चाहान्छौं ।’ 

विज्ञप्तिमा समितिबाट जारी संघर्षका कार्यक्रमहरु सबै स्वास्थ्यकर्मीहरुलाई दृढतापूर्वक निरन्तरता दिन समेत अपिल गरेको छ । विज्ञप्तिमा स्वास्थ्यकर्मी यूनियन नेपाल, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी यूनियन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
फाईल तस्वीर

Last modified on 2017-06-23 14:31:24

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts