मिर्गाैला रोग पीडितद्वारा सहयोगको अपिल



Download our app to get more features

पाल्पा, १० फागुन । मिर्गाैलाको रोगबाट पीडित पाल्पा खस्यौली गाविस–१ कि धनकुमारी दङ्गालले आर्थिक सहयोग गरेर आफूलाई बचाउन जिल्लावासीसँग हात जोडेकी छिन् । 

आर्थिक स्थिति कमजोर रहेकी ५३ वर्षीया दङ्गालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बनेकी हुन् । २०७३ सालदेखि मिर्गौला पीडित भएकी दङ्गालले ऋणधन गरी रु पाँच लाख उपचार खर्च सकेपनि उपचारमा अझै पैसा लाग्ने भएपछि आर्थिक सहयोग गरिदिनुहुन जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पत्रकार तथा स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीसँग आग्रह गर्दै आएकी छिन् । 

पीडित दङ्गालका श्रीमान् डोलबहादुर दङ्गालले सिकर्मीको काम गरेपनि अहिले उहाँको पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा झनै समस्या थपिएको आफन्त राधाकृष्ण दङ्गालले जानकारी दिए । 

२०७३ भदौ १४ गतेदेखि दुवै मिर्गाैला पीडित भई पाल्पा, भैरहवा तथा काठमाडौँका अस्पतालमा उपचार भएको आफन्तले जानकारी दिए । अझै उपचारको आवश्यक रहेको भन्ने चिकित्सकको सल्लाह अनुसार अघि बढ्न आर्थिक समस्या भएपछि सहयोगका लागि हात जोडेको दङ्गालको भनाइ छ । 

पीडित दङ्गालको श्रीमान्सहित परिवारमा तीन छोरी र एक छोरा रहेका छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हँुदा मिर्गाैलाको उपचारमा समस्या थपिएको हो । पछिल्ला वर्षमा पाल्पामा मिर्गौला पीडितको सङ्ख्या बढेको छ । 

मिर्गौला पीडितलाई सरकारले उपचारमा आर्थिक सहयोग गरे पनि पूर्ण सहयोग बिना बिरामी उपचार गराउन सक्ने अवस्था भने छैन । पीडित दङ्गालले आफूलाई आर्थिक सहयोग गरी उपचारबाट पुनर्जीवन दिन उनले सबैलाइ आग्रह गरिन् । रासस
 

Last modified on 2017-06-28 15:03:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts