डा. चोपलाल भुसाल बंगलादेशका राजदूतमा सिफारिस
काठमाण्डौं, ९ फागुन । वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. चोपलाल भुसाल बंगलादेशका लागि राजदूतमा सिफारिस भएका छन् ।
सोमबार बसेको मन्त्री परिषदको बैठकमा डा. भुसाललाई राजदूतमा सिफारीस गरेको हो । सरकारले बंगलादेश सहित १४ देशमा राजदूत सिफारिस गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षसमेत भइसकेका डा. भुसाल शिक्षण अस्पताल महाराजगंजमा बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञको रुपमा कार्यरत छन् ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेको डा. भुसाल काँग्रेसको कोटाबाट सिफारीमा परेका हुन् । डा. भुसाल काँग्रेस नेत्री पुष्पा भुसालकी श्रीमान हुन् ।
Last modified on 2017-06-28 15:08:05
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>