स्वास्थ्यकर्मी आन्दोलनको मारमा ११ थरी खोप, प्राविधिक कमजोरी भएको सरकारी बहाना
काठमाण्डौं, ९ फागुन । स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी अहिले आन्दोलनमा छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण देशभर सरकारले निःशुल्क उपलब्ध गराउने खोप कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य सेवा ऐनको ९(ख) विपरित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको पदस्थापना भएअनुसार जिम्मेवारी नदिएको भन्दै कर्मचारीले संघर्ष जारी राखेका हुन् ।
आन्दोलनका कारण विशेषगरी पोलियो खोप कार्यक्रम प्रभावित भइसकेको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन विशेष पोलियो खोप कार्यक्रम भन्दै सरकारले फागुन ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम तय गरेको थियो ।
१५ जिल्लामा सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला रहेको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
आन्दोलन चर्काउने स्वास्थ्यकर्मीहरुको समस्यालाई सुल्झाउन नसकेको सरकारले पोलियो खोप सञ्चालन गर्न नसकेको स्वास्थ्य मन्त्रालयले भने लाज जोगाउन प्राविधकि कारण देखाउँदै खोप कार्यक्रम धकेलिएको गैरजिम्मेवार जवाफ दिएको छ । बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेले आन्तरिक प्राविधिक कारणले खोप कार्यक्रम सारिएको दावी गरे । उनले ७ र ८ गतेबाट सारेर फागुन २१ र २२ गते अभियान चलाउने तयारी भएकोे बताए ।
अरु नियमित खोप कार्यक्रम पनि प्रभावित
पोलियो खोप कार्यक्रम मात्र होइन आन्दोलनका कारण नेपाल सरकारले दिँदै आएको नियमित निःशुल्क खोप सेवा समेत प्रभावित भएको छ । नेपाल सरकारले ११ वटा खोप सेवा दिँदै आएको छ । खोप कार्यक्रम नेपाल सरकारको जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रमका रुपमा लिइन्छ । तर, आन्दोलनका कारण खोप कार्यक्रम पुरै प्रभावित भएको छ । सरकारले हरेक वर्ष करिव सात लाख बालबालिकालाई विभिन्न खोप दिँदै आएको छ ।
नियमित रुपमा दिइँदै आइएको खोप बालबालिकालाई समयमै दिन नसक्दा उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा असर गर्छ । जसको प्रभाव उनीहरुको जीवनपर्यन्त हुनसक्छ । तर ऐनको ९(ख) कार्यान्वयन तथा पद व्यवस्थापन समितिका अध्यक्ष अनिल पाण्डेले खोप नपाएर बालबालिका आजको भोली नमर्ने भन्दै त्यसको छिटै व्यवस्थापन हुने जिकिर गरे ।
सरकारीले निःशुल्क दिने ११ वटा खोप
- क्षयरोग विरुद्ध
- लहरेखोकी, हेपाटाइटिस बी र हेमोफिलस विरुद्ध धनुष्टंकार विरुद्धको खोप
- पोलियो इन्जेक्टेबल (हाल यो वाई भ्यालेन्ट पोलियो भएको छ)
- निमोनिया विरुद्ध
- दादुरा, रुबेला विरुद्ध
- जापानिज इन्सेफ्लाइटिस विरुद्ध
इमर्जेन्सी सेवा पनि बन्द गर्ने चेतावनी
सरकारले अहेबको स्तरवृद्धि गरी सिअहेब बनाई हेल्थ असिस्टेन्टभन्दा माथिल्लो जिम्मेवारी दिएपछि एचए भर्सेस सिअहेवको द्वन्द्व चर्किएको थियो । पढाई र दक्षताको हिसावले सिअहेव भन्दा एचए अगाडी भएतापनि पदका हिसावमा सिअहेव अगाडी रहेका छन् । सिअहेब लगायत छैटौं तहमा पदस्थापना भएका कर्मचारीहरुले आफुहरुलाई अन्याय भएको भन्दै आन्दोलन जारी राखेको छन् ।
९(ख) कार्यान्वयन तथा पद व्यवस्थापन समितिका अध्यक्ष अनिल पाण्डेले माग पुरा नभएसम्म आन्दोलन जारी रहने र माग सम्बोधन नभएमा इमर्जेन्सी सेवा पनि बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले भने ‘१२ तहको स्वास्थ्य सचिवलाई भर्खरै लोकसेवा पास गरेको ५ तहको व्यक्तिले म सचिव हुन पाउनु पर्छ भन्दा के हुन्छ ?’
केन्द्रिकृत आन्दोलन गरेको ५२ दिनमा करिब सात करोड खर्च भएको पाण्डेले दावि गरेका छन् । ‘जनता मर्नु हुदैन भनेर इमर्जेन्सी सेवा बन्द गरेका छैनौं’ पाण्डेले थपे ‘पोलीयो खोप आन्दोलन दबाउन सरकारले चालेको गोटी मात्र हो ।’
के गर्दै छ सरकार ?
स्वास्थ्यकर्मीहरुको संरचनामा लामो समयदेखि विवाद रहेको एचए र सिअहेवमा को ठूलो भन्ने विवाद अब किनारा लागिसकेको छ । स्वास्थ्य मन्त्री गगन थापाले पाचौं तहका स्वास्थ्य सहायक (एचए) हरुले स्वास्थ्य चौकीको नेतृत्व गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अघिल्लो मंगलवार पास गराएसँगै यसको टुंगो लागेको हो । दुवै पक्षले लामो समयदेखि आन्दोलन जारी राखेपछि मन्त्रालयले लामो छलफलपछि पाँचौं तहका एचएको मातहतमा छैटौं तहका सिअहेब समेत रहने गरी स्वास्थ्य चौकीको संगठनात्मक संरचना व्यवस्थित गर्ने मोडालिटी अपनाएको थियो ।
मन्त्रीपरिषदको बैठकले स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टलाई दिने र सीअहेवलाई तत्काल पुल दरबन्दी सिर्जना गरि स्वास्थ्य चौकीभन्दा माथिल्ला निकायमा पदस्थापना गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार छैटौ तहका सीअहेवलाई जिल्ला, अञ्चल तथा केन्द्रीय अस्पतालमा पुल दरबन्दीमा तान्ने गरी व्यवस्थापन गरिसकेको छ । सरकरको नयाँ निर्णयसँगै सबै समस्या व्यवस्थापन हुने भन्दै पटकपटक स्वास्थ्य मन्त्रालयले आन्दोलनकारीलाई काममा फर्कन अपिल गरिसकेको छ । तर, स्वास्थ्यकर्मीले भने मन्त्रालयको आदेश अटेर गर्दै ऐनमा व्यवस्था भएअनुसार हुनुपर्ने माग गर्दै आएका छन् ।
लाचार सरकार
स्वास्थ्य संस्थाको सानो संगठनात्मक संरचनामा रहेको विवाद सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा लाखौं नागरिकको दीर्घकालिन स्वास्थ्यमा गम्भीर असर परेको छ । सरकारको सबैभन्दा सफल मानिएका जनस्वास्थ्य कार्यक्रममा कर्मचारीको आन्दोलनले रोकिनु आफैमा विडम्बनापूर्ण छ । विभिन्न ट्रेड यूनियनको दवावमा सरकारले जनस्वास्थ्यको संवेदनशिल विषयमा मौनता साँधेर बस्नु लाचारी शिवाय अरु के हुन सक्ला ?
6 Comments
-
I might be beatnig a dead horse, but thank you for posting this!
-
स्वास्थ्यसेवामा कार्यरत कर्मचारीहरुले सम्ब न्धित ब्यवसायी परिषदमा योग्यताको अधारमा बर्गिकारणगरी दर्ता गरिने ब्यवस्था छ ।दर्ता बर्गिकारण अनुसार काम को अधिकार छ ।त्यसैले योग्यता भयका लाई मात्र बढुवा वा स्तर बृद्दी गर्नु पर्छ । पाँचऔ कोलागी प्रमाण पत्र,छैठोउ का लागि स्नातक उत्तिर्ण लाई मात्र बढुवा गर्नु पर्छ ।अ•हे•व्•लाई हे•अ•मा बढुवा गरेर ख बर्गको परिषद दर्ता र अधिकार दिन सकिदैन ।अन्य सेवामा जस्तै अधिकृत को सुरुनियुक्ती छैठौ बाट गर्नु पर्छ ।स्वत बढुवा तथा स्तर बृद्धी खारेज गर्नु पर्छ ।हाल तहगतमा जुन्सुकै तह मा पुगेकालाई योग्यता छैन भने मानार्थ भनेर अर्को पत्र दिनु पर्छ ।
-
Sabai de sakada ne bhaya9 ....IOM KO DIN BANAI DINUS
-
this is wrong article kura nabughi artical lekhne kasto patrakar mahodaya kura bughera matra article lekhne garnus je man lagyo tehi lekhne News ta satya p.o. lekhnu paro
-
6th तहको गाउपालिका स्तरमा DHO स्तरमा खोप, परिवार नियोजन ,पोसन,स्वास्थ्य सिक्षा आदि पद सृजना गरि दियमा आन्दोलनकरिले मान्छन कि?सरकार ले छिटो समाधान निकालोस ।
-
एसकाे विषय त छदै छ,,,,लगि सकेकाे हेल्थ असिस्टेन्ट काे अन्तरबार्ता काे रिजल्ट नअाउदा २००० विधार्थिकाे भबिषय अन्याेल परेकाे छ। सरकारले कता हेरेर बसेकाे छ।।।।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>