पिज्जा र बर्गरले बच्चालाई हुनसक्छ कलेजोमा समस्या
फास्टफूडको रुपमा आजभोलि सबैभन्दा बढी लोकप्रिय भनेको पिज्जा र बर्गर हुन् । जब तपाई आफ्नो बच्चालाई बाहिर कतै लिएर जानु हुन्छ भने उनीहरुको पहिलो रोजाई भनेको पिज्जा र बर्गर हुन्छ । तर, यि फास्टफूड तपाईको बच्चाको स्वास्थ्यको लागि कतिको खतरनाक हुन सक्छ भन्ने तपाईले अनुमान पनि गर्न सक्नु भएको छैन होला ।
हालै गरिएको एक अध्ययन रिपोर्टका अनुसार फास्टफूडको नाममा बिक्ने पिज्जा र बर्गर जस्ता खानेकुराले बालबालिकामा कलेजो सम्बन्धी खतरनाक रोग लाग्न सक्छ । यो अध्ययन इटलीको ब्याबिनो गेसू हस्पटिलद्वारा गरिएको हो ।
अध्ययन रिपोर्ट अनुसार उच्च मात्रामा नुन, चिनी र सोडायुक्त पदार्थले कलेजो सँग सम्बन्धीत रोगको कारण बन्न सक्छ । यस्ता पदार्थ भएको सामानहरुमा पिज्जाका साथ साथै बिस्कुट र योगर्ट पनि छन् ।
निकै नै स्वादिलो हुने यि खाने कुराहरुमा फ्रुक्टोज र सिरम यूरिक एसिडको प्रयोग पर्याप्त मात्रामा हुने गर्छ र यि पदार्थका कारण यि खानाहरु स्वादिलो पनि हुन्छ । अध्ययनकर्ताहरुका अनुसार यस्ता फास्टफूडको सेवनले मोटोपना पनि बढ्ने गर्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>