जडीबुटी सेवनबाट युवकको मृत्यु



Download our app to get more features

बैतडी,९ फागुन । जडीबुटी सेवनबाट आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक बिरामी भएका छन् । 

मृत्यु हुनेमा थलाकाँडा– १ बजाडाका २३ वर्षीय दीपेन्द्र रोकाया रहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । सोही ठाँउका २२ वर्षीय लक्ष्मण रोकाया बिरामी परेका छन् । 

जन्डिस रोगका बिरामी दीपेन्द्र र लक्ष्मणले औषधिका रुपमा घरायसी जडीबुटी ‘आकाशबेली’को रस खाएका थिए । आकाशवेलीको रस खाएलगत्तै दुवैजना बेहोस भएका थिए । बेहोस भएपछि दीपेन्द्रको अस्पताल लैजान नपाउँदै घरमै मृत्यु भएको थियो । सिकिस्त बिरामी भएका लक्ष्मणको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । रासस
 

Last modified on 2017-06-23 14:38:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts