१ सय ८ वर्षीय दलवीरलाई सेवाग्राही कार्ड दिएर बाँकेमा स्वास्थ्य शिविर



Download our app to get more features

नेपालगञ्ज   फागुन ७ ।  स्वास्थ्य सेवाको पहुँच नपुगेका  दुर्गम क्षेत्रका बिपन्न  समुदायलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बैजापुरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरको बाँके निर्बाचन क्षेत्र नं.१ का सांसद देवराज भारले १ सय ८ वर्षीय जेष्ठ नागरिक दलवीर खड्कालाई सेवाग्राही कार्ड दिएर शुभारम्भ गरे ।

गरिबी  र पछौटेपनका कारण बिरामी भएपनि उपचार गराउन नसकेका समुदायलाई  लक्षित गरेर आयोजना गरिएको शिविरमा  स्त्री तथा प्रसूति, बाल स्वास्थ्य,  नाक कान घाँटी, चर्म तथा यौन रोग, आँखा, तथा हाडजोर्नी लगायतका बिशेषज्ञ चिकित्सकले बिरामीको चेकजाँच गरेर निशुल्क उपचार सेबा उपलब्ध गराइएको छ ।  

विशेषज्ञ चिकित्सक सहितका स्बास्थ्यकर्मीको टोली आफ्नै गाउँमा आउने खबर पाएपछि स्वास्थ्य सम्बन्धी परामर्श र उपचारका लागि  ठुलो संख्यामा स्थानीय बासिन्दाको स्वास्थ्य शिविरमा भीड लागेको थियो । 

शिविरमा उपचारका लागि आएका अधिकांश  बालबालिकामा कुषोषण तथा अन्य बिरामीमा  कान, छाला तथा पेटसम्बन्धी समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. बद्रि चापागाईंले बताए । 

शिविरमा स्त्रीरोग, जनरल मेडिसिन, आँखा र कान, हाडजोर्नी, छाला सम्बन्धी समस्या भएका २ हजार ९ सय ८० जना स्थानीय बासिन्दालाई निशुल्क विशेषज्ञ स्वास्थ्यसेवा सहित निशुल्क औषधि समेत  उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Last modified on 2017-06-23 14:43:49

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts