४७ दिनदेखि आन्दोलनरत हेल्थ असिष्टेन्टको आन्दोलन फिर्ता



Download our app to get more features

वीरगंज,फागुन ५ स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ४७ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुले आजबाट आन्दोलन फिर्ता लिएका छन ।

स्वास्थ्य मन्त्रालयले फागुन ४ गते निकालेको अपिलले आफुहरुको माँग सम्बोधन गरेको भन्दै हान पर्साले आन्दोलन फिर्ता लिएको हो । बुधबार अपरान्ह अपिल जारी गर्दै मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकले पुल दरबन्दी सिर्जना गरी ९ ख को कार्यान्वयनको बाटो खुलेको भन्दै आन्दोलन फिर्ता लिई नियमित काममा र्फकन आन्दोलनरत कर्मचारीलाई आवहान समेत गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको प्राङ्गनमा हान पर्सा अध्यक्ष रबिन्द साहको अध्यक्षतामा आयोजित सभामा बोल्दै वक्ताहरुले ढिलो भएपनि स्वास्थ्य मन्त्रालयले हानको माँग सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

हानका केन्दिय अध्यक्ष दाताराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय पर्साका प्रमुख राजकिसोर पंडित, हानका केन्दिय उपाध्यक्ष मेघनाथ चापागाई, केन्दिय सदस्य अनिल यादव, हानका पर्सा सदस्य शिव मण्डल लगायतकाले स्वास्थ्य मन्त्रालयको निर्णयको स्वागत गरेका थिए । कार्यक्रममा हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु अनिषकान्त कुशवाहा,नन्दराज शर्मा, विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको छ । कार्यक्रमको सहजीकरण हानका सदस्य राजन शाहीले गरेका थिए भने स्वागत मन्तव्य हान पर्साका सल्लाहकार एवं आन्दोलनका सह संयोजक रुपलाल साहले गरेका थिए ।

फाइलफोटो

Last modified on 2017-06-23 15:14:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts