उपत्यकाका ५७ हजार व्यक्ति एचआईभीको जोखिमम रहेको एउटा अध्ययनको दावी, विश्वस्नीय तथ्यांक नभएको भन्दै तीव्र आलोचना
काठमाण्डौं, ५ फागुन । उपत्यकामा एचआइभीको जोखिममा रहेको यौनकर्मीको संख्या डरलाग्दो रहेको एउटा तथ्यांक सार्वजानिक भएको छ ।
राजधानीमा महिला तथा पुरुष यौनकर्मी, तेस्रोलिगिं, समलिगिं र सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरु ५७ हजार रहेको इन्टरपीड नामक संस्थाले गरेको अध्ययनले देखाएको छ । राष्टिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, सेभ द चिल्डेन र ग्लोबल फण्ड लगायत अन्य अन्तर्राष्टिय सञ्जालको सहयोगमा इण्टरपीड नेपाल नामक संस्थाले भर्खरै गरेको अध्ययनले उपत्यकाभित्र ५७ हजार ५ सय ३९ देखि ७१ हजार ९ सय ३० जना एचआइभीको जोखिममा दावी गरेको छ ।
उपत्यकाभित्र ५७ हजार ५ सय ३९ देखि ७१ हजार ९ सय ३० जना एचआइभीको जोखिममा छ । -अध्ययन
अध्ययनका अनुसार उपत्यकाभित्र ललीतपुरमा मात्र एचआइभिको जोखिममा रहेका यौनकर्मी महिला तथा पुरुष यौनकर्मी, तेस्रोलिंगीं, समलिंगी र सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरुको संख्या ४ हजार ८ सय १० देखि ६ हजार ३ सय १६ जना रहेको छ ।
काठमाण्डौंमा सबैभन्दा धेरै ४६ हजार ५ सय ५३ देखि ५७ हजार ६ सय २० जना यस्ता जोखियुक्त व्यक्ति रहेको अध्ययन रिपोर्टमा उल्लेख छ । भने भक्तपुरमा यो संख्या सबैभन्दा कम ६ हजार १ सय ७५ देखि ८ हजार १४ जना रहेकोे छ ।
अध्ययनमा मुख्य ५ समुहमा विभाजन गरी ४४ जिल्लाहरुमा अनुमानित संख्या निर्धारण गरीएको र अन्य बाँकी ३१ जिल्लाहरुमा संख्या आंकलन गरीएको अध्ययनमा सहभागी छन् । -डा.टोबि जे सैडेल, अध्ययनकर्ता
यो अध्ययनमा मुख्य ५ समुहमा विभाजन गरी ४४ जिल्लाहरुमा अनुमानित संख्या निर्धारण गरीएको र अन्य बाँकी ३१ जिल्लाहरुमा संख्या आंकलन गरीएको अध्ययनमा सहभागी डा.टोबि जे सैडेलले बताइन् । उनका अनुसार उपत्यका भित्र एचआइभीको जोखिममा रहेका मुख्य ५ समुहको संख्या डरलाग्दो रहेका छ । जसमध्ये महिला तथा पुरुष यौनकर्मी ५० हजारभन्दा बढी रहेका छन् ।
राष्टिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले सरकारले प्राथमिकतामा राखेर गरीएको कार्यक्रम भएकोले तीनवटा आर्थिक वर्षको बहुउद्देश्यीय कार्यक्रम लागी तथ्यांक महत्वपूर्ण भएको बताए । उनले उच्च जोखिममा रहेको संख्या भयाबह रहेको बताउंदै यसलाई रोक्न तत्काल विभिन्नि कार्यक्रम ल्याइने दावी गरे । तथ्यांक मोरल बेसमा रहेको बताउंदै अध्ययनले सबैभन्दा कम जोखिम रहेको जिल्ला मुस्ताङंमा १ सय ५४ देखि २ सय ३४ रहेको देखिएको छ ।
त्यस्तै तराईका जिल्लाहरुमा महिला तथा पुरुष यौनकर्मी, तेस्रोलिंगी, समलिंगी र सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरु एचआइभीको उच्च जोखिममा रहेकोसमेत अध्ययनले देखाएको छ ।
सन् २०१० मा केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरुको संख्या ५४ हजारको हाराहारीमा देखाएको थियो भन्दै अहिलेको तथ्यांकमा २७ देखि ३४ हजार देखाउँदा बाँकी कहाँ गए ? -बिष्णु शर्मा, अध्यक्ष्य , रिकभरी नेपाल
तर, अध्ययनमा मतभेद देखाएको र तथ्यांक विश्वसनीय नभएको भन्दै सरोकारवाला संस्थाहरुले भने प्रश्न उठाएका छन् । रिकभरी नेपालका अध्यक्ष्य बिष्णु शर्माले बिदेशी कार्यक्रमलाई उचित व्यबस्थापन गरेर निरन्तरता दिनको लागी काम चलाउ अध्ययनले विश्वसनिय तथ्याकं नआएको बताए । उनले सन् २०१० मा केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरुको संख्या ५४ हजारको हाराहारीमा देखाएको थियो भन्दै अहिलेको तथ्यांकमा २७ देखि ३४ हजार देखाउँदा बाँकी कहाँ गए भने प्रतिपश्न गरे ।
अध्ययनले सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरुको तथ्यांक सार्वजनिक गरेपनि सुधार केन्द्रहरुमा रहेका दुव्र्यसनीहरुलाई समेट्न सकेको छैन् ।
अध्ययनले सुईबाट लागुपदार्थ लिने दुव्र्यसनीहरुको तथ्यांक सार्वजनिक गरेपनि सुधार केन्द्रहरुमा रहेका दुव्र्यसनीहरुलाई समेट्न सकेको छैन् । त्यस्तै अध्ययन सार्वजनिक समारोहमा उपस्थित समलिंगी तथा तेश्रोलिंगीहरुले पनि यो तथ्यांक पर्ण नभएको आरोप लगाए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले आगामी दिनमा एचआइभि एड्स कार्यक्रमका लागी तथ्यांक उपयोगी भएको र केन्द्रिय तथ्यांक विभागबाट प्रमाणित विधिहरु अवलम्वन गरीएकोले शंका नगर्न आग्रह गरे । उनले केहि त्रुटि भए परिक्षण गरीने आश्वासन दिए । अर्को संस्था जागृत महासंघले पनि सार्वजनिक भएको तथ्यांक विश्वसनीय नभएकोले पुनपरीक्षण गर्न माग गरेको छ । गृह मन्त्रालयका उपसचिव सुर्य बहादुर खत्रीले अध्ययन प्रतिवेदनमा विरोध आएकोले त्यसलाई सच्याउन आग्रह गरेका छन् र साथै उनले अति जोखिमयुक्त जिल्लाहरुमा मन्त्रालयमा छलफल गरी यौनकर्मी र लागुपदार्थ लिने दुव्र्यसनीहरुको लागि विशेष कार्यक्रम ल्याइने बताए ।
Reporter
View Other Stories by Author >>