यस्ता लक्षण देखिए बच्चालाई दम हुनसक्छ(भिडियो सहित)
काठमाण्डौ । वयस्क र वृद्धवृद्धालाई मात्र दम लाग्छ भन्ने धेरैको बुझाइ छ । तर होइन बच्चाहरुमा पनि दमको समस्या देखिन्छ । बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी बच्चामा हुने दमको कारण र बच्ने उपायका बारेमा यसो भन्नुहुन्छ ।
सामान्यतः बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले सबै खालको वातावरणमा समायोजित हुन गाह्रो हुन्छ । यसले गर्दा बालबालिकालाई सामान्य समस्या हुँदा पनि अवस्था जटिल हुन सक्छ ।
बच्चाहरुमा देखिने धेरै समस्या मध्ये दम पनि एक हो । दम र निमोनियाका लक्षण केही मिल्ने भएकाले धेरैले दमलाई पनि निमोनियाको भनेर गलत बुझ्ने गर्छन । सामान्य रुपमा भन्दा श्वासप्रश्वासमा समस्या हुनुलाई नै दमको आधार मानिन्छ ।
बच्चाहरुमा दम लाग्ने कारण
१. प्रदुषित वातवरण ।
२. श्वास नलीमा समस्या ।
३. वंशाणुगत गुण ।
४. दीर्घरोगी (फोक्सो, मृगौला, मुटु, रगत)
बच्चामा हुने दमका लक्षण
१.सास फेर्न अप्ठ्यारो हुने ।
२.सास छिटो छिटो फेर्ने ।
३.आवाज सुनिने गरि कोखा हान्ने ।
४.अनुहार निलो भएजस्तो हुने ।
५.घाटी खरखर हुने ।
बच्चालाई दमबाट बचाउने उपाय :
१.प्रदुषणबाट जोगाउने ।
२.निमोनिया हुन नदिने ।
३.चिसोबाट जोगाउने ।
४.सन्तुलित आहार खुवाउने । जंकफूडहरु नखुवाउने ।
दम लाग्दा मुख बार्नु पर्ने धेरै कुरा छैन । तर बढी चीसो मसलादार खाना दिनु भने हुँदैन् ।
दमले बच्चाहरुको वृद्धि विकासमा बाधा पुर्याउँछ । दम लागेका बच्चाहरुको शारीरिक वृद्धि विकास असामान्य हुन्छ । अन्य उमेर समुहका व्यक्तिको तुलनामा बेलैमा उपचार गरे बच्चाको दम निको पार्न सजिलो हुन्छ । त्यस कारण माथिका कुनै पनि लक्षण देखिए तुरुन्त विशेषज्ञ चिकित्सकमा परीक्षण गराउनु पर्छ । अन्यथा बच्चाहरुमा पछि गम्भीर समस्या देखिन सक्छ ।
भिडियो हेर्नुस्
1 Comments
-
Bachako rogpratirodhadmak chamata kasari badaune hola .school jana thale dekhi rugha khoki n joro le satai rahanxa ....
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>