अब टेकु अस्पतालमा निशुल्क टीटी सुई
काठमाडौँ, ५ फागुन । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले टिनानस रोग बिरुद्धको सुई टिटानस टक्साईड (टीटी सुई) निशुल्क गरेको छ ।
यसअघि ५० रुपैयाँ पर्ने टीटी सुई करिव ६ हजार भाइरल भ्याक्सिन मौज्दात भएकोले बिरामीलाई थोरै भएपनि राहत दिने उद्देश्यले टिटानस टक्साईड (टिटि सुई) निशुल्क गरेको हो ।
अस्पतालका निर्देशक डा रमेश खरेलका अनुसार अब सबैले अस्पतालमा आएर निशुल्क भ्याक्सिन लगाउन सक्ने छन् । अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले अहिले सामान्य चोटपटक लागेका मानिसहरुलाई पनि अनिवार्य टीटी सुई लगाउनुपर्ने बताए । अस्पतालका अनुसार अहिले दैनिक करिव ८० देखि १ सयसम्मको हाराहारीमा टीटी सुई लगाउन मानिसहरु आउने गर्छन ।
अस्पतालका अनुसार दैनिक ८ जनालाई निशुल्क टीटी सुईको व्यबस्था गर्दा दैनिक करिव ४ हजार बराबरको खर्च हुने छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाबाट आवश्यक पर्ने टिटि सुई ल्याएर मौज्दात राखिएपछि निशुल्क उपलव्ध गराउन थालिएको हो । अस्पतालले रेबिज बिरुद्धको भ्याक्सिन पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।
अब आफ्नै फार्मेसी र आइसियुपनि
अस्पतालले चार बेडको आईसीयु र फार्मेसी यसै महिना भित्र सञ्चालनमा ल्याउने भएको छ । तयारी पुरा भएकाले फागुन महिनाभित्रै दुवै सुरु हुने निर्देशक खरेलले दावी गरे ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>