स्पार्क हेल्थ होमले रजत जयन्ती मनाउँदै, निशुल्क शिविर पनि गरिने
काठमाण्डौ, ५ फागुन । राजधानीको कालिमाटि स्थित स्पार्क हेल्थ होम अस्पतालले आफ्नो स्थापनाको रजत जयन्ती मनाउने भएका छ ।
स्थापना भएको २५ वर्ष पुगेको अवसरमा अस्पतालले फागुन ११ गते रजत जयती मनाउन लागेको स्पार्क हेल्थ होमका सञ्चालक रुपेश अधिकारले जानकारी दिए । रजत जयन्ती समारोहको सुचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेर स्मारिका बिमोचन गर्ने कार्यक्रम रहेको छ । स्पार्कले २५ वर्ष देखि विशेषज्ञ सेवाका साथै प्राकृतिक तथा फिजियोथेरापी सेवा दिदै आएको छ ।
रजत जयन्तीको अवसरमा हेल्थ होमले रक्तदानका साथै प्राकृतिक चिकित्सा तथा फिजियोथेरापीका विशेषज्ञ चित्सिकबाट निशुल्क हाडजोर्नी तथा नशारोग सम्बन्धी शिविर समेत सञ्चालन गर्ने सञ्चालक अधिकारीले बताए ।
निशुल्क शिविर फागुन ११ गते विहान ९ बजेदखि ३ बजेसम्म सञ्चालन हुने र त्यसका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको स्पार्क हेल्थहोमले जनाएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>