जानीराखौं ल्वाङका फाइदा
ल्वाङको प्रयोग मसला र औषधिका रूपमा पहिलादेखि हुँदै आएको छ । ल्वाङमा धेरै ओषधिय गुण छन् । जसले तपाईंका सानातिना स्वास्थ्य समस्यामा लाभ पु¥याउँछ ।
ल्वाङलाई नचिन्ने त सायदै होलान् । महत्वपूर्ण जडिबुटीको रुपमा प्रयोग हुने ल्वाङ हरेकको भान्सामा हुन्छ । अझ जाडो याम शुरु भएपछि त कतिपयले ल्वाङलाई साथमै लिएर हिँडेका हुन्छन् । जानीराखौं ल्वाङका फाइदाहरु ।
- एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानिसलाई यस पानीले फाइदा पु¥याउँछ ।
- पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ ।
- मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने ।
- ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।
- गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ ।
- दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ ।
- एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।
- दुईतीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।
एजेन्सीको सहयोगमा
Last modified on 2017-06-23 15:16:46
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>