थप चार रोगको उपचारमा सहुलियत दिने सरकारको तयारी, सहुलियत रकम ५ लाख पुग्ने
थप ४ अर्ब आर्थिक भार
काठमाण्डौं, ४ फागुन । स्वास्थ्य मन्त्रालयले थप चार रोगको उपचारमा गरिब विपन्नलाई सहुलियत दिने भएको छ । पहिले विभिन्न ८ रोगका बिरामीलाईमात्र सहुलियत दिने व्यवस्था थियो ।
स्वास्थ्य मन्त्रालयले तयार गरेको पछिल्लो प्रस्ताव पास भएमा अब १२ वटा रोगमा औषधि उपचारका सरकारले सहुलियत प्रदान गर्नेछ । त्यस्तै सहुलियत रकमलाई ह्वात्तै बढाउने तयारी समेत मन्त्रालयले गरेको छ । अहिलेसम्म आठ रोगका विरामीले पाउने गरेको एक लाख सहुलियतबाट बढाएर ५ लाख पुर्याउने मन्त्रायको प्रस्तावमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले यसअघिको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका ०७१ संशोधन गरी स्वास्थ्य मन्त्रालय मातहत हुने गरी थप चार सहित १२ वटा रोगमा औषधि उपचारका लागी दिइने सहयोग रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउने संशोधन प्रस्ताव गरिएको छ ।
मन्त्रालय स्रोतका अहिले थप भएका चार रोगमा मस्तिष्कघात, प्लाष्टिक एनिमिया, थालेसिमिया र कलेजो रोग प्रत्यारोपण रहेको छ । जसको उपचारका लागि बढिमा ५ लाखसम्म औषधि उपचार खर्च पाउने गरी शंसोधनका लागी प्रस्ताव पठाएको छ । तर अर्थ मन्त्रालयले राज्यलाई ठूलो आर्थिक भार पर्ने बताएपछि स्वास्थ्य मन्त्रालयले थप छलफल चलाइरहेको बताएको छ ।
थप ४ अर्ब आर्थिक भार
स्वास्थ्यमन्त्रिका प्रमुख सल्लाहकार प्रताप पौडेलले विपन्न नागरिककन लागी कडा खालको १२ वटा रोगमा सस्तो, सहज र गुणस्तरीय औषधिका लागी ५ लाखसम्म उपचार खर्चको व्यवस्था गर्न निर्देशिका शंसोधनसहित प्रस्ताव पठाइएको बताए । उनले अहिले मन्त्रालयले विपन्न नागरिकको उपचारका लागी वर्षिक एक अर्ब रुपैयाँ खर्च हुने गरेको भन्दै ५ लाख पुर्याउँदा आर्थिक भार ५ अर्ब पुग्ने बताए ।तर अर्थ मन्त्रालयले विपन्न नागरिक उपचार कोषको शीर्षकमा ५ अर्व खर्च गर्न असक्षम रहेको बताएको पौडेलले बताए । पौडेलका अनुसार थप चार रोगमा रु ५ लाखमात्र नभई मिर्गौला प्रत्यारोपणका लागी सम्पुर्ण खर्च राज्यले व्यहोर्ने गरी निशुल्क बनाउन मन्त्रालयले छलफलसमेत गरीरहेको छ ।
स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. रामेश कोइरालाले स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावले राज्यको आर्थिक भार बढ्ने भन्दै अर्थ मन्त्रालयले रोकेको बताए । कोइराला भने अहिले अर्थसंग छलफल गरीरहेका छौँ सकेसम्म छिटो संशोेधित निर्देशिका कार्यान्वयनमा ल्याउने छौं ।
अहिले सरकारले मृगौला, मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहुलियत प्रदान गर्दै आएको छ । मन्त्रालयका अनुसार सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगीका हकमा विदेश जाँदा पनि पाउन सकिने छ ।
1 Comments
-
kasto thap 4 sahuliyat bhannale? paila k ma sahuliyat bhako xa ra? dialasis @ grande hospital ma ajhai sahuliyat diyeyeko xaina. sarkarlai yi mahanga hospital le xuttai sahuliyat dinxa ki kya ho. tye bhayera yaha sahuliyat nabhayeko
Reporter
View Other Stories by Author >>