स्वास्थ्य मन्त्रालयले अब ‘सुनाई दिवस’ मनाउने, ध्वनी प्रदुषण भने बढेको बढ्यै
काठमाण्डौ, ४ फागुन । सरकारले अबदेखि मार्च ३ तारिखलाई सुनाई दिवसका रुपमा मनाउने भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तगर्त सञ्चालन भईरहेको राष्ट्रिय बहिरोपन नियन्त्रण कार्यक्रम अन्तरगत नेपालमा पहिलोपटक यो दिवस मनाउन लागिएको बहिरोपन नियन्त्रण कार्यक्रमका सहसचिव डा. ढुण्डीराज पौड्यालले जानकारी दिए ।
राजधानी लगायत शहरी भेकमा बढिरहेको ट्राफिक जाम र सवारी साधनको चापका कारण उत्पन्न तीव्र ध्वनीले मानिसहरुको सुन्ने क्षमता ह्रास हुँदै गएको छ । ध्वनी प्रदुषणले निम्त्याउने स्वास्थ्य समस्याबारे जानकारी गराएर श्रवण स्वास्थ्यको सचेतना बढाउन दिवस मनाउन लागिएको डा। पौड्यालले बताए ।
तर, स्वास्थ्य मन्त्रालयबाट सञ्चालन भईरहेको उक्त कार्यक्रम भने खासै प्रभावकारी छैन् । हाल राजधानी लगायत शहरी भागमा सवारीसाधनले सय डेसिवल सम्मको ध्वनि प्रदुषण गरिरहेको छ तर, मानिसले ६० डेसिवल सम्मको ध्वनि मात्र सुन्न सक्छन् ।
८० डेसिवल सम्मको ध्वनीले मानिसको ज्यान समेत जान सक्ने विषेशज्ञहरु बताउँछन् । नेपालमा ध्वनी प्रदुषणका कारण १४ प्रतिशत मानिस बहिरोपनको समस्याबाट ग्रसित रहेको अध्ययनले देखाएको छ ।
Reporter
View Other Stories by Author >>