चितवनमा चैत १ देखि स्वास्थ्य बीमा, चारवटा अस्पतालबाट उपचार पाइने



Download our app to get more features

चितवन, ४ फागुन । चितवनमा पनी सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले ‘स्वास्थ्य बिमा’ कार्यक्रम शुरु गर्ने भएको छ । 

आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमका लागि सदस्यता बनाउने काम सुरु गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले मंगलबार भरतपुरमा अन्तरक्रिया गरी सदस्यता बनाउन थाल्ने घोषणा गरेको हो । 

सरकारले आर्थिक वर्ष २०७२÷७३ बाट स्वास्थ्य बी कार्यक्रम शुरु गरेको हो । पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ तिरेपछि वार्षिक रुपमा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा निशुल्क रुपमा पाइने छ । हालसम्म मुलुकका आठ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भइसेकेको र अब चितवन, झापा, तनहूँ, गोरखा, भक्तपुरमा स्वास्थ्य कार्यक्रम लागू गरिने सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनीले बताए । चितवन सहितका अन्य पाँच जिल्लामा आगामी चैत १ गतेदेखि सदस्यता वितरण कार्य शुरु गरिने डाक्टर लोहनीले जानकारी दिए । सदस्यता निर्माण पश्चात चितवनमा आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने लोहनीको भनाइ छ । 

स्वास्थ्य बीमा कार्यक्रमबाट चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा पाउने  बताइएको छ । चालु आर्थिक वर्ष २०७३÷०७४ मा सरकारले २५ जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुद्र प्रसाद मरासिनीले सरकारले ल्याएको कार्यक्रम निकै चुनौतिपूर्ण रहेको बताए । आगामी जेठ १ गतेबाट सेवा सञ्चालन गराउन भरतपुर अस्पताल तयार रहेको डाक्टर मरासिनीको भनाइ छ । 

Last modified on 2017-06-23 15:41:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts