डिप्रेशनलाई कम गर्न युवा सचेतना
चितवन, फागुन ३ । चिकित्सा विज्ञानका विद्यार्थीहरुको संस्था ह्वाईट कोटले भरतपुरको एसओएस हर्मन माइनरका विद्यार्थीहरुलाई डिप्रेशन, आत्महत्या, तनाव लगाएतबाट मुक्त हुने बारे जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा डा.शशांक सिंह, सुचिता आचार्य, निरुता बराल, सचिन सापकोटा, अजित सापकोटाले प्रशिक्षण दिएका थिए । बिशाल भण्डारिको संयोजकतामा युवाहरु डिप्रेशनमा पर्ने र आत्महत्यासम्मका अवस्थामा पुग्ने भएकाले यसलाई रोक्न विभिन्न रोचक कार्यक्रमहरु संचालन भै रहेको ह्वाइट कोटका अध्यक्ष आविस्कार चापागाईले बताउनुभयो ।
कार्यक्रममा कक्षा ११ र १२ का ८२ जना विद्यार्थीहरु सहभागि थिए । कार्यक्रममा स्कूलका प्राचार्य सुरेन्द्र अम्गाई, सह–प्राचार्य लक्ष्मण भण्डारी, ह्वाईट कोटका सल्लाहकार डा.शशांक सिंह, मनिष पोद्दार आईडिया भट्टीका सचिनजंग कार्की लगाएतको सहभागिता रहेको थियो ।