अब स्वास्थ्यकर्मीबीचको विवाद किनारा लाग्दै, सिअहेब भन्दा एचए ठूलो हुने



Download our app to get more features

काठमाण्डौं, ३ फागुन । स्वास्थ्यकर्मीहरुको संरचनामा लामो समयदेखि विवाद रहेको एचए र सिअहेवमा को ठूलो भन्ने विवाद अब किनारा लाग्ने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले पाचौं तहका स्वास्थ्य सहायक (एचए) हरुले स्वास्थ्य चौकीको नेतृत्व गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट मंगलबार पास गराएसँगै यसको टुंगो लागेको हो । 

दुवै पक्षले लामो समयदेखि आन्दोलन जारी राखेपछि मन्त्रालयले लामो छलफलपछि पाँचौं तहका एचएको मातहतमा छैटौं तहका सिअहेब समेत रहने गरी स्वास्थ्य चौकीको संगठनात्मक संरचना व्यवस्थित गर्ने मोडालिटी अपनाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रीपरिषदको बैठकले स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टलाई दिने र सीअहेवलाई तत्काल पुल दरबन्दी सिर्जना गरि माथिल्ला निकायमा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार छैटौ तहका सीअहेवलाई जिल्ला, अञ्चल तथा केन्द्रीय अस्पतालमा पुल दरबन्दीमा तान्ने गरी व्यवस्थापन गरिने भएको छ । 

सरकारले अहेबको स्तरवृद्धि गरी सिअहेब बनाई हेल्थ असिस्टेन्टभन्दा माथिल्लो जिम्मेवारी दिएपछि सुरु भएको एचए भर्सेस सिअहेवको द्वन्द्व झन्झ्न चर्किएको थियो । पढाई र दक्षताको हिसावले सिअहेव भन्दा एचए अगाडी भएतापनि पदका हिसावमा सिअहेव अगाडी रहेका छन् । सिअहेब लगायत छैटौं तहमा पदस्थापना भएका कर्मचारीहरुले आफुहरुलाई अन्याय भएको भन्दै आन्दोलन जारी राखेको छन् । 

उनीहरुले स्वास्थ्य सेवा ऐनको ९(ख) विपरित मन्त्रालयले पदस्थापना भएअनुसारको जिम्मेवारी नदिएको भन्दै संघर्ष जारी राखेका हुन् । ऐन अनुसार पाँचौ तहको एचएले छैटौं र सातौं तहलाई नेतृत्व गरेको तर अधिकृत तहका छैटौं र सातौं तहका लाई पदस्थापना गरेर पनि जिम्मेवारी नदिएको उनीहरुको गुनासो गर्दै आएका थिए ।  

एचएहरुले आफुले स्वास्थ्य संस्थाको नेतृत्व गर्न पाउने भन्दै आएका छन् भने सिअहेवहरु स्वास्थ्य सेवा ऐनको ९ को दफा ९(ख) अनुसार पदस्थापना र जिम्मेवारी पाउनुपर्ने बताउँदै आएका छन् । सिअहेवहरुले माग पुरा नभए देशभरका सबै सिअहेवहरुले राजिनामा दिने भन्दै काठमाण्डौं केन्द्रीत आन्दोलन गर्दै आएको छन् भने एचए हरुले कार्यदक्षता, सीप र क्षमतामा आफुहरु अगाडी भएको भन्दै छैठौं तहको मातहतमा नबस्ने बताउँदै आएका छन् ।

फाइल तस्बिर 

Last modified on 2017-06-23 15:43:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

14 Comments

  1. khai ta kailali ka SAHW ko aand0lan aba jabarjasti garna khojne lai sarakarle aba taha lagaudaichha

  2. केशव नापितon Sat, Feb 18 2017 06:22 PM

    याे देश माफियाको हाे।येन कानून लिखितमा मात्र ,येनकाे वेवास्ता गर्ने देशमा जे गर्दा पनि हुन्छ। स्वच्छ देश हाे भने येन विपरित जानेनै थिएन,उल्लेखित येन लागू गरिहाल्थ्याे नि।

  3. Bhavani Neupane dahalon Thu, Feb 16 2017 11:50 PM

    H.A. मात्र हे.पो .पर्मुख हुने हो भने पनि एेनमा नै ब्यबस्था गर्नु पर्यो! एेन बाट माथि उक्लेर अन्यथा कुनै निर्णय गर्न गराउन यो देशकै कसैलाई छुट हुन्छ जस्तो मलाइ लागदैन !

  4. Swasthya sewa ain ra niyamawali turunt kharej garnu pardachha. Medical mafia haruko khelauna bhayo yo mantralay. Ek patak nijamati sang tulana garau ta ke bhan6ain le. HA ra Sr AHW ma ko thulo.

  5. Jun AHW lai samayojan bat HA Banaeko ho bina degree tyo kharij hunu par6

  6. As sandrbh ma man6e thulo hudain degre thulo ho,Quality ko kadar hunupar6.

  7. As sandrbh ma man6e thulo hudain degre thulo ho,Quality ko kadar hunupar6.

  8. सुनिल फुयालon Tue, Feb 14 2017 10:33 PM

    एचए हरु कार्यदक्षता, सीप र क्षमतामा अगाडी भएकोले HA लाईनै प्रमुखको जिम्मेवारी दिनु सहि निर्णय हो!

  9. जे होस योग्यताको कदर भयो। खुशी लाग्यो।

  10. good decision. Exeperience tw ka.sa ko pani hunx ni .k ka.sa lai dinu tw incharge yo bujnu x cycel ulto sulto chalayako 15 year hudaima bile ko liscence tw dinu vyana ni

  11. good decision ...

  12. Baudik ra karyaxemarako aadharma Sr.ahw vanda HA haru aagade hune vayako karan HA lae nae netrito dinu parxa

  13. रामकृष्ण जाेसिon Tue, Feb 14 2017 06:20 PM

    अहिले काे अवस्था मा शैक्षिक याेग्याता लाई कदर गनु पर्छ। "खसी लाई २०वर्स पाल्दा हाति त हुनेछैन" ।त्थसैले लाेकसेवा काे खुल्ला प्ितसपर्दा बाट चै सि अ हे व साथिहरुलाई अाउने सल्लाह दिन्छु ।

  14. C ahebah exoerience le pani badhi ra umer le pani badhi chha. jun nikayma pani purano lai nai bisesh grahayata dinchha. H.A tatha pachau post ma direct niyukti vayeko lai ek dui barsa sewa ma khati sakepachhi karyalay pramukh ko jimbari dida uchit hunchha bhane malai lageko chha.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts