सबै जिल्लामा विशेषज्ञ चिकित्सक र सेवा पुग्न एकमहिना लाग्न सक्ने, जिल्ला अस्पताललाई थाहै छैन 



Download our app to get more features

काठमाण्डौं, ३ फागुन । स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि देशभरका सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय गरे पनि प्रकृयागत जटिलताका कारण तत्काल कार्यान्वयनमा आउनेमा आशंका पैदा भएको छ । 

स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णयमार्फत विशेषज्ञ र आकस्मिक शल्यक्रिया नभएका विभिन्न ३० जिल्लामा स्वास्थ्यका शैक्षिक प्रतिष्ठानहरुको सहकार्यमा सेवा विस्तार गर्ने निर्णय गरका थिए । 

मन्त्रालयको निर्णय अनुसार, ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने भनिएको छ । जसका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, चिकित्सा शास्त्र अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग चिकित्साशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका चिकित्सक जिल्लामा पठाउन सम्झौता गरिसकेको स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।   

शल्यक्रिया र आकस्मिक सेवा फागुन एक देखि १३ ओटा जिल्ला अस्पतालहरुमा सुरु हुने र बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरुवात गरिने स्वास्थ्य मन्त्रालयले कार्ययोजाना बनाएको थियो । 

जिल्ला अस्पतालहरुलाई थाहै छैन 
सम्झौतापश्चात एकगते देखि सेवा सुरु गर्ने भनिएका जिल्ला अस्पतालहरुमा भने सेवा विस्तारका बारेमा जानकारी नै छैन । 

एकगते देखि सेवा सुरु गर्ने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङ रहेका छन् ।
गारेखा अस्पतालले निशुल्क हाइड्रोसिलको उपचार गर्ने बाहेक अन्य कुनै पनि शल्यक्रिया अस्पतालबाट नभएको अस्पतालले जनाएको छ । धादिङ्ग अस्पतालले पनि विशेषज्ञ सेवा विस्तार हुने विषयमा आफुहरुलाई जानकारी नआएको बताएको छ । 

पहिलो प्राथमिकतामा परेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट विशेषज्ञ पठाउने भनिएको राजधानीसँगैको नुवाकोट जिल्ला अस्पतालमा समेत यस बारे कुनै आधिकारीक जानकारी भएको छैन । नुवाकोट जिल्ला अस्पतालका निर्देशक डा. सुर्य भुसालले यस विषयमा अस्पतालमा कुनै पनि जानकारी नआएको बताए । अस्पतालमा स्त्रीरोग विशेषज्ञ र रेडियोलोजिष्टमात्र रहेको उनको भनाइ छ । 

‘एकगतेदेखि भनेपनि महिनादिन लाग्न सक्छ’
स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार डा. रामेश कोइरालाले फागुन एक गतेदेखि  लागु हुनेगरी स्वास्थ्य मन्त्रालय तथा न्याम्स र आइओएमबीच ७ वटा अस्पतालबाट सर्जिकल इमजेन्र्सी सहित सेवा दिन सम्झौतापत्रमा हस्ताक्षर भइसकेको दाबी गरे । उनले भने ‘कतिपय अस्पतालहरुमा पूर्वाधार तयार हु्ँदैछ, केही समय लाग्न सक्छ तर, फागुन महिना भित्र जिल्ला अस्पतालले सेवा दिनेछन् ।’  

मन्त्रालयको निर्णय अनुसार, ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजका आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने भनिएको छ ।

जिल्लामा विशेषज्ञ चिकित्सक पठाउने निर्णयले मात्रै नपुग्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति प्रा.डा. गणेश गुरुङ्ग बताउँछन् । उनले भने ‘अहिले मात्र होइन हामीले पहिला देखि नै पठाउँदै आएका छौं । अहिले पनि त्यस स्थानमा आवासीय चिकित्सकलाई काम गर्ने वातारण र पूर्वाधारको विकास, उपकरणको पनि उपलब्धता हुनुपर्छ । 


 

Last modified on 2017-06-25 13:09:53

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts