वीर अस्पतालको आइसियुमा पनि हेमोडायलासिस सुरु हुने



Download our app to get more features

काठमाण्डौ, ३ फागुन । हेपाटाइटिस बी, सी तथा एचआइभी एड्सजस्ता संक्रामक रोग रहेका मिर्गौला पीडितलाई लक्षित गरेर वीर अस्पतालमा आइसियु हेमोडायलासिस सेवा पनि शुरु गरिने भएको छ । अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले अबको दुई महिनाभित्र हेमोडायलासिस सेवा सुचारु गरिने बताए ।
वीरले डायलाइसिस शुरु गरेको २५ बर्षपछि आईसियुमा पनि हेमोडायलाइसिस सेवा प्रदान गर्न लागेको हो ।

रोटरी इन्टरनेशनलको ९० प्रतिशत सहयोगमा शुुरु गरिने सेवामा ९ ओटा डायलाइसिस मेसिन र कलेजोका विरामीका लागी आवश्यक पर्ने फाईव्रोस्कान मेशिन ल्याउने अस्पतालले जनाएको छ । सो मेशिनको मूल्य दुई करोड रुपैयाँ भएको जनाइएको छ । त्यस्तै हेमोडायलाइसिस  मेशिन आएपछि दुई ओटा आइसियु र सात ओटा नियमित डाइलेसिसका लागि प्रयोग गर्ने निर्देशक बस्नेतले बताए ।

हेमोडायलाइसिस मेसिन नहुँदा बिरामीलाई अरु अस्पतालमा पठाउनु पर्ने अवस्था थियो । हेपाटाइटिस बी, सी र एचआइभी एड्सका लागि दिईने यो सेवा सरकारी अस्पतालमा पहिलो पटक सञ्चालन हुन लागेको हो ।

Last modified on 2017-06-23 17:10:51

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts