धेरैलाई थाहा छैन सरकारले दिने सहयोग

What's This?


Download our app to get more features

काठमाण्डौं ३, फागुन । विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट चिकित्सकलाई सोधी हेर्नुहोस् । कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तर, यसबारे निकै कमलाई मात्रै जानकारी छ ।

विपन्नले उपचार सहायता प्राप्त गर्नेमा मिर्गौला डायलसिस, मिर्गौला प्रत्यारोपण, प्रत्यारोपणपश्चात उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमररपार्किन्सस र सिकलसेल एनिमिया रोग उपचारका लागि तोकिएको अस्पतालबाट उपचार सहायता पाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कति सहयोग पाइन्छ ?

मृगौला मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ ।

कसरी लिने सहयोग ?

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) लगेर गाबिस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्छ । सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ ।

उपचार आफ्नो घरपायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ । रोग लागे पछि उपचारको लागि अनुदान भन्दै बजेट छुट्याउने परिपाटी भन्दा यस्ता गम्भीर रोगबाट बच्न आवश्यक चेक जांँचका लागि सरकारले अनुदान दिने हो भने रोग लाग्नबाट बच्न सकिन्छ ।

 

Last modified on 2017-06-23 17:11:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts