डार्क सर्कल हटाउने घरेलु विधि
हरेक मानिसलाई आकर्षक बन्ने चाहना हुन्छ । विशेषगरी महिलाहरु आफ्नो स्वास्थ्यप्रति बढी नै संवेदनशील र सजग हुने गरेका छन् । पछिल्लो समय व्यस्त दैनिकी र खानपानका कारण कतिपय मानिसमा विभिन्न स्वास्थ्य समस्या आउने गरेका छन् । छालासम्बन्धी विभिन्न समस्यामध्ये अनुहारमा देखिने समस्या पनि उत्तिकै छन् । हिजाेआज अधिकांश महिलाको अनुहारमा देखापर्ने समस्या हो डार्क सर्कल ।
शरीरमा पोषक तत्वको कमी हुनु, पर्याप्त नसुत्नु, शारीरिक कमजोरी, तनाव तथा हर्मोन गडबडीका कारण आँखाको तलपट्टी कालो घेरा अर्थात डार्क सर्कल देखापर्ने हुन्छ । डार्क सर्कलले अनुहारको सुन्दरतामा ठुलो असर पुर्याउँछ । डार्क सर्कल हटाउन घरेलु उपायहरु पनि छन् ।
काँचो आलु: काँचो आलुको जुस बनाउने । तयार पारीएको जुसलाई कपासको सहायताले आँखा मुनिको कालो घेरा अर्थात डार्क सर्कलको क्षेत्रमा लगाउने । १० देखि १५ मिनेटको समय पछि मनतातो पानीले मुख धुने । यहि प्रक्रिया दिनमा दुई पटक गर्ने हो भने डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।
कागती र गोलभेडाको रसः एक चम्चा कागतीको रस र एक चम्चा गोलभेडाको रस मिलाएर कालो घेरामा लगाउने र १० मिनेटपछि धुने । यसरी लगातार केही दिनसम्म दिनहुँ यही प्रक्रिया दोहोराइ रहँदा डार्क सर्कल हट्दै जान्छ ।
टि ब्याग: दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्ने र चिसिएको टि ब्याग निकालेर डार्क सर्कलमा १० मिनेटसम्म राख्ने । त्यसपछि सफा पानीले अनुहार धुनुहोस डार्क सर्कल हट्दै गएको अनुभव गर्नुहुने छ ।
एजेन्सीकाे सहयाेगमा
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>