आज 'किस डे' ! १३ बुँदामा थाहा पाउनुहोस् चुम्बनका फाइदा
मलाई थाहा छ, तपाईँहरु सबै चुम्बन गर्न मन पराउनु हुन्छ, अनि अनुभूत गर्नु भएको होला त्यो कतिआनन्द र शुखदायी हुन्छ । अनौपचारिक र आकस्मिक रुपमा भएको चुम्बनले तपाईँको स्वतन्त्र प्रेम सम्बन्धी भावनालाई बढाई दिन्छ । भ्यालेन्टाइनको अघिल्लो दिन आज चुम्मन दिवसको रुपमा पनि मनाइन्छ । थाहा पाई राख्नुहोस् चुम्मनले तपाईँको स्वास्थ्य र सम्बन्धमा कस्तो प्रभाव पर्ने गर्दछ ।
१. लामो समयसम्म गरिने चुम्बन तपाईँको रक्तसञ्चार प्रक्रियामा लाभदायक हुन्छ । जब हामी चुम्बन गछौँ, हाम्रो पल्स रेट ११० प्रति मिनेटभन्दा माथि पुग्छ । यो हाम्रो मुटु तथा रक्तनली सम्बन्धी प्रक्रियाका लागि सकारात्मक अभ्यास हुने गर्दछ ।
२. चुम्बन पश्चात हाम्रो फोक्सोले अत्याधिक काम गर्न थाल्दछ । निरन्तर रुपमा प्रति मिनेट २० पटक श्वासप्रश्वासमा भाग लिने फोक्सोले प्रति मिनेट ६० पटकसम्म श्वासप्रश्वास गर्दछ । जसले फोक्सो सम्बन्धी रोग कम गर्न मद्दत गर्दछ ।
३. चुम्बन दन्त सम्बन्धी क्षतिको निवारक भएको केही दन्त चिकित्सकहरु विश्वास गर्छन् । चुम्बनले सेल्भियाको उत्पादन प्रक्रियालाई सक्रिय बनाई दिन्छ । जसले दाँतमा तयार हुने एसिड कोटलाई हटाउन मद्दत गर्दछ ।
४. तीन मिनेटभन्दा लामो समयको चुम्बनले हामीलाई तनाब र यसका नतिजासँग लड्ने क्षमताको विकास गराउँछ । लामो चुम्बनले जैव रासायनिक प्रतिक्रियालाई सक्रिय बनाउँछ जसले तनाव सिर्जना गर्ने हार्मोनलाई विनाश गरिदिन्छ ।
५. हरेक दिन बिहान घरबाट निस्कने बेलामा आफ्नो यौन साथी तथा जीवन साथीलाई चुम्बन गर्नेहरु चुम्बन नगर्नेहरु भन्दा लामो आयु बाच्ने अध्ययनले देखाएको छ ।
६. चुम्बन तपाईँको आत्म अभिमानको विकासमा सकारात्मक हुने गर्दछ । तपाईँले प्रशंसीत अनुभुत गर्नु हुनेछ भने मस्तिष्कको अवस्थालाई सन्तुलित राख्न सहयोग गर्दछ ।
७. चुम्बनले तपाईँको क्यालोरी नष्ट गर्दछ भने मोटावोलिक रेटलाई दुई गुणा बनाईदिन्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि हरेक दिन तीन पटकको चुम्बन (न्यूनतम २० सेकेण्ड लामो) ले तपाईँको तौललाई सन्तुलनमा राख्न मद्दत गर्दछ ।
८. चुम्बन तनाव निरोधक पनि हो । जोसिलो चुम्बनले तनाव मुक्त गराउने, नकारात्मक शक्तिलाई कमजोर बनाउने र सकारात्मक अभ्याँसमा व्यस्त गराउने काम गर्छ साथै कोर्टिसल हार्मोनलाई कम गराउँछ ।
९. चुम्बनका समयमा ३० प्रतिशत अनुहारमा मांसपेशी सक्रिय हुन्छन् जसले तपाईँको अनुहारको मांसपेशीलाई कसिलो बनाइ राख्न मद्दत गर्दछ ।
१०. चुम्मन गर्दा एर्डिनालिनको उत्पादनलाई बढाईदिन्छ, जसले मुटुलाई छिटो छिटो रक्त सञ्चार गराउँछ । निरन्तरको चुम्मनले मुटु तथा रक्तनली सम्बन्धी प्रक्रियालाई स्थिर राख्न सहयोग गर्दछ भने उच्च रक्तचाप तथा कोलेस्ट्रोल जस्ता समस्या कम गर्दछ ।
११. जो निरन्तर चुम्मब गर्ने गर्दछन्, उनीहरुमा पेट, मुत्रासय र रक्त संक्रमण जस्ता समस्या कम हुने गर्दछ ।
१२. चुम्मनका समयमा सेलिभामा प्राकृतिक प्रति जैविक पदार्थ (एण्टिवायोटिक्स) उत्पादन हुन्छ । उक्त सेलिभामा अचेतनकारी (एनेस्थेटिक) पनि रहेको हुन्छ, जसले दुखाइबाट समेत मुक्ति दिन्छ ।
१३. चुम्बनले उत्सुकता तथा व्याकुलतालाई कम गर्दछ सँगै तपाईँको मष्तिष्कमा हुने नकारात्मक तरङ्गलाई कम गर्छ । यसले अक्सिटोसिनको मात्रालाई बढाइदिन्छ जसले शान्तानुभूतिलाई बढाइदिन्छ ।
एजेन्सी
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>