रोल्पाको एक विद्यालयमा छात्राहरुमा मास हिस्टेरिया

What's This?


Download our app to get more features

रोल्पा २, फागुन । रोल्पाको एक विद्यालयमा अज्ञात रोगका कारण बिद्यार्थीहरु वेहोस हुन थालेपछि त्रास फैलिएको छ । नगरपालिका भित्र पर्ने श्री राष्ट्रिय माध्यामिक बिद्यालय खुमेल रोल्पामा बिद्यार्थीहरु बेहोस हुन थालेपछि बिद्यार्थी र अभिभावक चिन्तित बनेका छन् ।

बिद्यार्थीहरुमा वेहोस हुन थालेपछि अभिभावकहरु समेत त्रसित बनेका छन् । पटक पटक यस्तो लक्षण देखा परेपछि शिक्षकहरु पनि चिन्तित बन्ने गरेका छन् । अहिले कक्षा ५ मा अध्ययनरत गरिरहेका छात्राहरुमा बेहोस हुने लक्षण देखिएको हो । आइतबार ५ जना बिद्यार्थी बेहोस भएका थिए ।  शुरुमा हाई आउने, पेट दुख्यो भन्ने, ढाड दुख्ने, मुटु खाने, छटपटाउने जस्ता लक्षण देखिएको बिद्यालयका प्रधानअध्यापक पूर्णबहादुर थापाले जानकारी दिए । स्वास्थ्य संस्थामा लगेपनि सन्चो नभएपछि विद्यालयमा नै धामी झाक्री समेत गरिएको उनको भनाई छ ।
प्राथमिक उपचारपछि केहि दिन सन्चो भएपनि फेरी दोहोरिने गरेको शिक्षकहरुले बताएका छन् । बिद्यालयमा आउदा यस्तो समस्या देखिने  तर बिद्यालयबाट बाहिर निस्के पछि आफै सन्चो हुने यो रोगले अभिभाक, शिक्षकहरु पनि आश्चर्यचकित भएका छन् । स्वास्थ्य चँौकीका ईन्चार्ज दलबहादुर नेपालीका अनुसार यो मास हिस्टेरिया भएको हुन सक्ने बताए ।

मास हिस्टेरिया भएकाले यसका लागि सचेतनामुलक कार्यक्रमहरु शुरुवात गर्ने योजनामा रहेको शिक्षक महेन्द्र रोकाले बताए । करिब ६ सय ४२ जना बिद्यार्थी अध्ययनरत बिद्यालयमा यस्तो लक्षण देखिएपछि अन्य बिद्यार्थीहरु पनि त्रसित भएका छन ।

Last modified on 2017-06-25 13:08:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts