कोमामा गएकी उर्मिलाको उपचारमा ट्रमा सेन्टरले लापर्वाही गरेको आफन्तको आरोप



Download our app to get more features

काठमाण्डौ, १ फागुन । राजधानीको ट्रमा सेन्टरमा चिकित्सकको लापरवाहीले बिरामीको अवस्था कमजोर हुँदै गएको भन्दै बिरामीका आफन्त आक्रोशित बनेका छन् । 
ट्रमा सेन्टरमा एक महिनादेखि आइसियुमा राखिएको ४९ वर्षीय उर्मिला रापचाको टाउको शल्यक्रिया गरेपछि अवस्था झन् नाजुक बन्दै गएको भन्दै आइतवार उनका आफन्तले अस्पताल र चिकित्सकमाथि आक्रोश पोखेका हुन्  । टाउकोमा रगत जमेर कोमामा गएकी उर्मिलाको शल्यक्रिया पछि पनि अवस्था सुध्रन सकेको छैन । शल्यक्रिया गरेको १५ दिनपछि चिकित्सकले टाउकोमा पानी वा पीप जमेको भनि फेरि शल्यक्रिया गर्न लगाएको तर ५ दिनपछि चिकित्सकले बिरामी बच्ने आश एक प्रतिशत मात्र रहेको भनेपछि उनीहरु आक्रोशित भएका हुन् । 
जीवनको आशा एक प्रतिशत मात्रै छ भन्ने तर औषधि भने महँगो महँगो मगाएको गुनासो आफन्तको छ । विरामीको गुनासोप्रति सेन्टरका प्रमुख डा. प्रमोद उपध्यायले कुनै प्रतिक्रिया दिएनन् । बिरामीको अवस्था पहिलेदेखि नै नाजुक रहेको भन्दै उनले प्रतिक्रिया दिन नमानेका हुन् । शल्यक्रियामा संलग्न डा. निलमले कुनै प्रतिक्रिया दिएनन् । बिरामीका परिवारले नर्सबाट पनि राम्रो व्यवहार नभएको गुनासो गरेका छन् । 

 

Last modified on 2017-06-25 13:08:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts