वार्षिकोत्सवको अवसरमा आवरण स्किन क्लिनिकमा निशुल्क जाँच
काठमाण्डौं, १ फागुन । आवरण स्किन क्लिनिकले आफ्नो स्थापनाको पहिलो एकवर्षभित्र एक सय सात जनाको हेयर ट्रान्सप्लाट(कपाल प्रयारोपण) गरेको छ ।
क्लिनिकले हेयर ट्रान्सप्लाट सहित छाला रोग, कस्मेटिक सर्जरी तथा दन्त सेवा दिदै आएको क्लिनिकका अध्यक्ष तथा छालारोग विशेषज्ञ डा. रुपक घिमिरेले स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा एक सय सात जनाको कपाल प्रत्यारोपण गरेको जानकारी दिए ।
क्लिनिकले छोटो समयमै धेरै जनालाई सेवा दिन सफल भएको डा. घिमिरेको भनाइ छ ।
साथै क्लिनिकले वार्षिकोत्सवको अवसरमा फागुन महिनाभर केमिकल पिलीङ्गमा ५० प्रतिशत छुटका साथै एकमहिना हरेक दिन १० जनालाई ओपिडी निशुल्क गरेको डा. घिमिरेले बताए ।
कपाल प्रत्यारोपण अस्थायी हो, यसको शल्यक्रिया गर्दा पीडा हुन्छ, नेपालमा यसको सम्भावना छैन भन्ने जस्ता भ्रम चिर्न डा. घिमिरेले दुइसाता अघि आफ्नै कपाल प्रत्यारोपण गरेका थिए ।
कलाकारीता क्षेत्रमा आयुषमान घिमिरेका नामले परिचित डा. घिमिरेको क्लिनिकमा स्किन सम्बन्धी सेवा लिन नेपालका चर्चित कलाकारहरु समेत जाने गरेका छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>