आगोले पोलिएको चेपाङ बालकको उपचार

What's This?


Download our app to get more features

मकवानपुर, १ फागुन ।  मकवानपुरको काकडा गाविस ७ घैराङका एक चेपाङ बालकले गाउँमै उपचार पाएका छन् । आगोले पोलेर घाइते भएका ९ महिने चेपाङ बालकले एक सातापछि गाउँमै उपचार पाएका हुन् ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेर घाइते छोरालाई घरमा नै सुताएर बसिरहेकी काकडा गाविस ७  घैराङकी पार्वती चेपाङ निशुल्क रुपमा छोराको औषधी उपचार गर्न पाउदा खुशी भइन् ।

श्री नं १ जगदल गण सुनाचुरी मकवानपुर र पुरानो मेडिकल कलेज चितवनको संयुक्त आयोजनामा काकडा गाविस १ डुङथलीमा शनिबारदेखि निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दुई दिने शिविरमा नाक, कान, घाटी, स्त्री रोग, बालरोग, मुटु रोगसहित ७ जना विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा दिएका छन् ।

शिविरमा ५ घन्टा पैदल हिंडेर वृद्धवृद्धा र बालबालिकाहरु आएका थिए ।

Last modified on 2017-06-28 15:57:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts