विश्वकै सबैभन्दा बढी तौल भएकी अब्देल अतिको शल्यक्रिया एक महिनापछि
भारत, १ फागुन । इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आएकी छन् । उनको हाल ५०० किलोग्राम तौल रहेको छ ।
उनको शल्यक्रिया करिब एक महिना अस्पतालमा राखी अन्य उपचार गरिएपछि मात्र हुने अस्पताल स्रोतले बताएको छ ।
एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि उनका लागि इजिप्टको एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि ल्याइएको हो । उनको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ । उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरूको टोलीले विगत १० दिनदेखि तयारी गरेको थियो ।
अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबरमा पहल गरेपछि भारतीय शल्यचिकित्सक मुफाजल लाकदावालाले अब्देल अतिको सम्पूर्ण उपचार निशुल्क गर्ने बताएका थिए । उनको शल्यक्रिया करिब एक महिना अस्पतालमा राखी अन्य उपचार गरिएपछि मात्र हुने अस्पताल स्रोतले बताएको छ ।
तर उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ । यस बाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उनलाई भिषा पनि मिलेको थिएन । चिकित्सकले उनलाई विशेष विमानमा ल्याउदा समस्या नहोस भनेर आवश्यक औषधि र विशेष सावधानीसाथ उनको शरिर राख्न मिल्ने वेडको समेत व्यवस्था गरिएको थियो ।
अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो ।
सुरुमा खुट्टाको आकार असाधारण रूपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुनिएर ठूलो भएको उनकी बहिनीले बताइन ।
बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेको र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित भइन् । उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन् । रासस÷एएफपी÷सिन्ह्वा
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>