क्यान्सरका विषयमा जनचेतनामूलक कार्यक्रम



Download our app to get more features

काठमाडौँ, २९ माघ । खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नुअगावै सचेत बनाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । 

लायन्स क्लब अफ जोरपाटी, काठमाडौँको आयोजना र स्थानीय चारवटा सहकारी संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएकाले रोग लाग्नुअघि नै सचेत बन्न आग्रह गरेका छन् । 

सबैभन्दा बढी फोक्सो, दोस्रोमा स्तन र तेस्रोमा महिलाको पाठेघरको क्यान्सर देखिने गरेको उनले बताए। ‘पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा १० वर्षअघि नै लक्षण देखिन्छ, नियमित परीक्षण गराई सचेत भए रोगबाट बच्न सकिन्छ, रोग लागेपछि धेरै खर्चिलो हुन्छ  उनले भने। 

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गभर्नर कुमारराज सुवेदी, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन खगेन्द्र सिटौला र आयोजक संस्थाका अध्यक्ष होमकान्त चौलागाईंलगायतका वक्ताले क्यान्सर रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।  कार्यक्रमअघि जोरपाटी चोकदेखि नारायणटारसम्म जनचेतनामूलक ¥यालीसमेत प्रदर्शन गरिएको थियो । 

विश्वमा मृत्युको १३ प्रतिशत कारण क्यान्सर भएको, वार्षिक ४२ लाख मानिस क्यान्सर रोगले मर्ने र अहिलेसम्म १०० थरिका क्यान्सर रोगको पहिचान भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

संस्थाले प्रजातन्त्र दिवसका अवसरमा फागुन ८ गतेदेखि महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क गर्ने जनाएको छ । शिविरमा काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटका मानिसको समेत परीक्षण गराइनेछ । रासस 

Last modified on 2017-06-25 13:16:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts