बाथ मुटु रोगको निशुल्क भल्व शल्यक्रिया आजदेखि सुरु

What's This?


Download our app to get more features

काठमाण्डौं १, फागुन । आजदेखि बाथमुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु हुँदैछ ।  शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि निशुल्क शल्यक्रिया सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मुटु सम्बन्धी उपचार हुने अन्य अस्पतालमा पनि यो सेवा प्रदान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । खानपान र फेरिएको जीवनशैलिसँगै मुटुका रोगीको संख्या नेपालमा बढ्दै गएकाले उपचारलाई सहज तथा उपचार सबै नागरिकको पहुँचमा पुर्‍याउन सुविधा थप गरेको स्वास्थ्यमन्त्री गगन थापाले बताए  ।  ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो लगायतका लक्षण बाथ मुटु रोगको भएको डाक्टरले बताएका छन् ।

बाथ ज्वरोले मुटुको भल्वलाई असर गरेपछि हुने संक्रमणलाई वाथ मुटुरोग भनिन्छ । सरकारले बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निशुल्क गरेको छ ।

Last modified on 2017-06-25 13:18:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts