राससमा मुटु र मिर्गौला जाँच
काठमाण्डौ, २९ माघ । राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा निशुल्क मुटु र मिर्गौला परीक्षण गरिएको छ ।
राससको आसन्न ५६आँै वार्षिकोत्सवको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त सहयोगमा राससभित्रका पत्रकार कर्मचारी उनका परिवार र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले निशुल्क स्वास्थ्यपरिक्षण गरिएको हो ।
कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले समय समयमा हुने यस्ता रचनात्मक कार्यले कर्मचारीबीच आपसी भावनात्मक एकता कायम राख्ने बताए । उहाँले विभिन्न सञ्चारमाध्यामका पत्रकारहरुको समेत उपस्थितीले सञ्चारमाध्याम सञ्चारमाध्यामबीच आत्मियता बढेको उल्लेख गरे ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मुटुरोगका कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाएको भन्दै मुटुरोग नै नलाग्ने गरी अगाडि बढ्न अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले युवा र महिलामा धेरै मुटुरोग हुने गरेको बताउँदै यो रोगप्रति सचेत हुन सबैलाई आग्रह गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका ल्याव टेक्नीसियन भोलनाथ पौडेलले मृगौला जाँचेपछि अरु रोग छ की छैन भन्ने कुराको जानकारी हुने हुँदा मृगौला जाँचलाई नेपाल सरकारले प्राथमिकता दिएको बताउनुभयो । राससले आउँदो फागुन ७ गते आफ्नो ५६औँ वार्षिकोत्सव मनाउँदै छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।