छि...छि यस्तो पनि अस्पताल !
काठमाण्डौ । देशभर रिक्त रहेका अस्पताल विकास समितिमा पदाधिकारीहरु नियुक्त गरिसकिएको छ । अस्पताल सरसफाइको लागि आवश्यक जनशक्ति पनि हरेक अस्पतालमा व्यवस्था छ ।
अस्पतालजस्तो संवेदनशिल स्थानमा सरसफाइ कति आवश्यक छ भन्नेपनि सबैलाई चेतना छ । तरपनि अस्पतालको व्यवस्थापनको लाचारीका कारण सरकारी अस्पताल विभिन्न कोणबाट गुणस्तरीय सेवा प्रवाहमा अझै चुकेकै छन् । जसले गर्दा सरकारी अस्पतालप्रति आममानिसको धारणामा परिवर्तन आउन सकेको छैन ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको हालत हेर्दापनि यस्तै देखिन्छ । अस्पतालको शौचालय र छानामा देखिएका फोहोर हेर्दा लाग्छ उक्त अस्पतालमा कुनै व्यवस्थापन छैन । प्रसुती वार्डको शौचालयको पुग्दा फोहोर देखेर शौच प्रकृया समेत गर्न नसकिने अवस्था छ । यस्ता सामान्य लाग्ने गम्भीर हेलचेक्र्याइँ कतिवटा अस्पतालमा छन् ? स्वास्थ्य मन्त्रालयको ध्यान जाओस् ।
तस्वीरः सोनी शर्मा
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।