खानेपानीको अभावले जिल्ला अस्पताल प्रभावित

What's This?


Download our app to get more features

सल्यान, २८, माघ । जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव हुँदा सरसफाइमा समेत समस्या देखिएको छ । 

दिनहँुजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ । 

हप्तामा एक÷दुईपटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिउ । 

अस्पतालजस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा स्वाथ्योपचारमा समेत समस्या भएको डा रावलले बताउ । 

अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनार्इ छ । 

जिल्ला अस्पताललाई तारबारले नघेरिएको कारण स्थानीयवासीका चौपायाले समेत दुःख दिन थालेका छन् । स्थानीयवासीका गाई, बाख्रा अस्पताल परिसरमा छिरेर फोहोर गर्ने भएकाले पनि समस्या देखिएको छ । 

अस्पतालको जनरल वार्ड बाहिर राखिएको बेडमा गएर बाख्रा बस्ने त्यही मलमूत्र गर्ने तथा अन्य स्थानमा समेत फोहर गर्ने भएकोले समस्या भएको डा रावलले बताउ । चैपायालाई छाडा नछोडिदिन पटक÷पटक भनेको भए पनि स्थानीयवासीले सुधार नगरेको उहाँको गुनासो छ । -रासस 
 

Last modified on 2017-06-28 16:05:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts