अब स्वास्थ्य स्वयंसेविकाको बीमा हुने 

What's This?


Download our app to get more features

काठमाण्डौं, २८ माघ । मदिराजन्य पदार्थको बिक्रिवितरणमा नियमन, स्वास्थ्य पूर्वाधार निर्माण र सुधार, प्रजनन् स्वास्थ्य र स्वास्थ्य स्वयंमसेविका लागी सेवा एवं सुविधा तथा चिकित्सक व्यबस्थापनका विषयको कार्यविधि बनिरहेको स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले शुक्रबार ट्विटरमार्फत पछिल्लो समय मन्त्रालयले उल्लेखीय प्रगति हासिल गरेको भन्दै फरकफरक विधेयकको मस्यौदा तयार भैरहेको बताएका हुन् ।

मदिरा नियमन, स्वास्थ्य पूर्वाधार, उपकरण, प्रजनन स्वास्थ्य र चिकित्सक ब्यबस्थापन लगायत थप केहि बिषयमा भएका प्रगति निम्नानुसार छन्। pic.twitter.com/NmKKUXFQU9 — Gagan Thapa (@thapagk) February 10, 2017

मन्त्री थापाले नेपालको पूर्वाधार निर्माण र सुधार गर्न ५० वर्ष लाग्ने भन्दै आगामी ५ वर्षभित्र सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा बिशिष्ट ‘स्वास्थ्य पूर्वाधार निर्माण तथा सुधार आयोजना’ को तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् ।

थापाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रदेखि सम्पूर्ण अस्पताललाई व्यवस्थित र जवाफदेही बनाउन नियमित नियमन तथा अनुगमनको संयन्त्र बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

गाँउ गाँउमा स्वास्थ्य स्वयंमसेविसँग भेटघाट गरेको उल्लेख गर्दै मन्त्री थापाले उनिहरुको थप सेवा सुविधाको लागी परिचय पत्रसहित बीमा, उपचार लगायत अध्ययनमा सहुलियत दिने प्रस्तावहरु अघि बढेको बताएका छन् ।

त्यस्तै सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य लगायतका विषय समावेश गरीएको प्रजनन स्वास्थ्य सम्बन्धी विधयेकको मस्यौदा बन्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

-फाईल तस्वीर

Last modified on 2017-06-25 15:08:11

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts