अब घर–घरमा योग
जनकपुरधाम २८ माघ । स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ ।
राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा सुरु गरिएको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइनेछ ।
केन्द्रका योगगुरु विनय भाइका अनुसार शिविरमा आमाबुबाको दिव्य पूजन गर्ने कार्यक्रम पनि रहेको छ । आमाबुबाको दिव्य पूजन समारोहमा आमाबुबालाई छोराछोरीद्वारा पूजा गराई आफ्नो संस्कृति, संस्कार एवम् जीवनशैलीको पहिचानमा वृद्धि गराइने बताइन्छ ।
आगामी फागुन ३ गते हुने आमाबुबा पूजन समारोहमा २ सय ५१ आमाबुबालाई पूजा गराइने जनाइएको छ ।
-रासस
Reporter
View Other Stories by Author >>