फागुन ७ र ८ मा पोलियो खुवाइदै 

What's This?


Download our app to get more features

काठमाण्डौं, २७ माघ । सरकारले आगामी फागुन ७ र ८ गते पोलियो थोपा खुवाउने भएको छ ।

काठमाण्डौं जनस्वास्थ्य कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ७ र ८ गते काठमाण्डौं र तराईका १४ जिल्लामा पोलियो खुवाउन लागेको जानकारी दिएको हो ।

काठमाण्डौं जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख महेन्द्र श्रेष्ठले पोलियो खोपको राम्रो कभरेज नभएका १५ जिल्लामा दुई दिने पोलियो खोप कार्यक्रम सञ्चालन गरिने बताए । श्रेष्ठका अनुसार अहिले टाइप २ पालियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ ।

सन् १९८८ देखि विश्वमा पोलियो उन्मुलन कार्यक्रम अन्तर्गत नेपाल लगायत विश्वका १ सय ५५ देशहरुले पोलियो खोप दिंदै आएका मध्ये अहिले ५१ वटा देशहरुले  दिंदै आएका छन् ।

अफगानिस्तान पाकिस्तानमा र नाइजेरियामा अझै पोलियो देखिएकोले विश्वबाट यो रोग उन्मूलन हुन नसकेको डा.श्रेष्ठले बताए । उनले भने ‘नेपालमा सन् २०१० यता कसैलाई पोलियो देखिएको छैन् । तर, नेपाल अझै न्यून जोखिमयूक्त मुलुक अन्तर्गत रहेकोले जनघनत्व बढि भएको क्षेत्रहरुमा पोलियो खुवाउन आवश्यक छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार पोलियो रोग देखिएको देशहरुमा वर्षको चार पटक, संक्रमण हुन सक्ने देशहरुमा ३ पटक, जोखिमयूक्त देशहरुमा दुई पटक र अति न्यून जोखिमयूक्त देशहरुमा एक पटक पोलियो खुवाउनु पर्ने हुन्छ ।

नेपालमा सन् २०१० मा रौतहटका ४ वर्षिय सल्ली मुल्लाह अलामलाई पोलियो देखिएको थियो । त्यस पश्चात नेपालमा कुनै पोलियो नदेखिएकोले डब्लुएचओले नेपाललाई न्यून जोखिमयूक्त देशको सूचिमा राखेको छ ।


 

Last modified on 2017-06-25 15:09:45

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts