स्वास्थ्य केन्द्रमा उपकरण खरिदका ९६ करोड



Download our app to get more features

काठमाण्डौ, २७ माघ । स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । 

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले ९६ करोड रुपैयाँ उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।  उनले सबै २ सय १ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिएका थिए । 
सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो । रासस 

Last modified on 2017-06-25 15:11:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts