फूड पोइजनिङ भए के गर्ने ?
दुषित भोजनको सेवनबाट हुने समस्या हो फूड पोइजनिङ । यो यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा सामान्य हुन सक्नुहुन्छ ।
फूड पोइजनिङको सामान्य लक्षणहरु उल्टि हुनु, वाकवाकी लाग्नु, ऐंठन हुनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ ।
फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया या जुस पिउनु पर्दछ । यसले तपाईँको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ । फूड पोइजनिङबाच बच्न यी कुराहरुमा ध्यान दिनुपर्छ ।
- मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नपिउनुहोस् ।
- नरम खाद्य पदार्थ सेवन गर्ने, जस्तै भात, केरा, टोस्ट आदी ।
- मसलादार, अत्याधिक तेलयूक्त र हाई फ्याटयूक्त खानेकुरा नखानुहोस् ।
- आफ्नो खानामा प्रोबायोटिक्स् समाबेश गर्नुहोस्, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।
- हरिया खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खानुहोस् ।
- सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ ।
- यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकलाई देखाएर औषधी प्रयोग गर्नुपर्दछ ।
एजेन्सीको सहयोगमा
Last modified on 2017-06-25 15:14:05
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>