अफगानिस्तानमा बिद्रोहीद्धारा ६ रेडक्रसकर्मीको हत्या
एजेन्सी । बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले अन्तराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) मा कार्यरत ६ जनाको हत्या गरेका छन् ।
अफगानिस्तानको जोब्जान प्रान्तमा भएको घटनामा आइसिआरसीमा काम गर्ने ६ जना अफगानी नागरिकको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उनीहरुलाई बन्दुकधारी आइएसका लडाकुले कुश तेपा क्षेत्रमा गोली हानेका हुन् । दुई जना रेडक्रसकर्मी बेपत्ता रहेको प्रान्तिय गभर्नरले बताएका छन् । उनीहरुलाई आइएसका लडाकुले अपहरण गरेको आशंका छ । आइसिआरसीले घटनाको पुष्टि गर्दै हत्या कसले र किन गरेको हो भन्ने थाहा नभएको जनाएको छ ।आइसिआरसीले इराकमा गर्दै आएको काम अस्थायी रुपमा बन्द गरेको छ । आइएसले सन् २०१५ देखि इराकमा हिंसात्मक गतिविधि गर्दै आएको छ ।
Last modified on 2017-06-25 15:18:25