लालसादेवीको लालसा, जसलाई निःसन्तानपनाको पीडाले बच्चा चोर बनायो

What's This?


Download our app to get more features

पर्सा २५, माघ । पर्साकी लालसादेवी अहिले अर्काको बच्चा चोर भनेर बदनाम भएकी छिन् । विवाह भएको ५ वर्ष भइसक्दा समेत सन्तान नभएर हैरान भएकी यी महिला अहिले बच्चाको लालसाले अपराधी सावित भएकी छिन् ।  सन्तान सुखको लागि उनले अर्काको बच्चा चोर्ने आपराधिक बाटो रोजिन् । अस्पतालबाट चोरेको बच्चालाई आफुले जन्माएको भन्दै माइती पुग्दा उनलाई प्रहरीले पक्राउ ग¥यो । 

पक्कै पनि लालसालाई सन्तान नभएको पीडाभन्दा बच्चा चोरको बदनाम सहनु सजिलो थियो । सन्तान भएन भन्दै घरपरिवार र समाजले दिएको मानसिक यातनाको चोट ठूलो थियो । जसरी पनि बच्चा देख्न चाहने परिवार र बच्चा नभएकी महिला भन्दै अर्कै दृष्टिले हेर्ने समाजले नै उनलाई बच्चा चोर बनाएको हुनुपर्छ । यसमा लालसाजस्तै निःसन्तान दम्पतीले भोग्नुपरेको पीडालाई बुझ्न नसक्ने परिवार र समाज सबैभन्दा दोषी हुन् ।

सन्तान नहुनुका कारण 
डाक्टरहरुका अनुसार ढिलो विवाह, आधुनिक रहनसहन तथा खानपानको कारण धेरै दम्पतीले सन्तान सुख पाएका छैनन् । यसमा पुरुषभन्दा पनि महिलाको संख्या धेरै छ । विवाह गरेको दुईरचार वर्षमा समेत बच्चा भएन भने दम्पती स्वास्थ्य जाँचको लागि अस्पताल पुग्छन् । औषधी उपचार गरेपछि कतिको बच्चा पनि भएको छ । तर सबैको उपचार सम्भव छैन । लाखौं खर्च गरेर पनि सन्तान नभएका दम्पती समाजमा धेरै छन् ।

सन्तान नहुनुको पीडा 
सन्तान नहुनुको पीडा पुरुषले भन्दा बढी महिलाले सहनुपर्छ र सहिरहेका छन् । कुनै साथी या आफन्तलाई लामो समय भेट्दा उसले सोध्ने पहिलो प्रश्न हुन्छ–अनि बच्चा कतिवटा भए नि ? बच्चा नै नभएकी महिलालाई बच्चा कतिवटा या कत्रा भए भनेर सोध्दा उनलाई कस्तो चोट पुग्ला ? यो चोट आफन्त, परिवार र समाजले देख्न सकेका छैनन् । 

घरभित्रै अपमान 
घरमा समेत सन्तान नभएकी महिलालाई हेर्ने दृष्टिकोण फरक हुन्छ । बुहारीकै कारण सन्तान नभएको थाहा पाएपछि बुवाआमाले छोरालाई अर्को विवाह गर्न दबाब दिन्छन् । बाआमाले दबाब नदिएपनि कतिपय पुरुष श्रीमतीबाट बच्चा नहुने बित्तिकै अर्को विवाह गर्न तम्सिन्छ । ‘सौता’ शब्द सुन्ने बित्तिकै पीडा हुने निर्दोष महिला श्रीमानले ‘कान्छी’ ल्याएको टुलुटुलु हेर्न विवश छिन् । बच्चा नभएकामध्ये कतिपय महिलाको बाध्यता छ– कि जसरी पनि बच्चा जन्माउनुपर्यो, नभए ‘सौता’ सहनुपर्यो । ‘सौता’ रोज्नुभन्दा ती महिलालाई जसरी पनि बच्चा रोज्नुपर्ने हुन्छ । शायद लालसाको बाध्यता यही थियो ।

Last modified on 2017-06-29 11:42:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts