स्वस्थ्य मुटुका लागि हिंडडुल
एजेन्सी । हिँड्ने बानी छ भने, तपाईंको मुटु पनि सामान्य व्यक्तिका तुलनामा स्वस्थ नै छ । मुटुको स्वास्थ्यमा सुधार ल्याउन पैदल हिँडाइ दीर्घकालीन उपाय हो ।
जर्नल क्रिएटिभ नर्सिङमा प्रकाशित भएको यो अध्ययनका लागि ७० महिलाको एउटा समूहमा सामुदायिक हिँड्ने कार्यक्रमअन्तर्गत परीक्षण गरियो । हिँड्नु राम्रो व्यायाम हो । तर यो अध्ययनले हिँड्दा कोलेस्ट्रोल, तौल, रक्तचापमा परिवर्तनबारे राम्ररी औंल्याएको छ । अनुसन्धानअनुसार औसत रूपले हिँड्दा मुटुको रोगको कारकमा छोटो समयमै सुधार आउँछ । अध्ययनमा सहभागी भएकाहरूलाई १० साताका लागि प्रोग्राम गरिएको एउटा पिडोमिटर हिँड्दाखेरि लगाउन दिइएको थियो । उनीहरूलाई हरेक साता कम्तीमा अढाइ घन्टा तीव्र गतिले हिँड्न भनिएको थियो । यो कार्यक्रम पूरा भएपछि ती सहभागीहरूको रक्तचाप, तौल, कोलेस्ट्रोल, बडी मास इन्डेक्स आदि परीक्षण गरिएको थियो । यस्तै, उनीहरूको व्यक्तिगत विशेषता, शारीरिक गतिविधि, खानपिनमा रुचिसँगै १० साताको व्यवहारबारे एउटा सर्वेक्षणसमेत पूरा गर्न भनियो । यो परीक्षणको निचोडले समेत अनुसन्धान दलको प्रारम्भिक परिकल्पनाको पुष्टि गरेको छ । यो अध्ययनले हिँडाइको केही समयमै मुटुसँग सम्बन्धित जोखिमका कारकहरू भेट्दै गएको देखायो ।