सर्वाङ्ग स्वास्थ्य सदन २५ औं वर्षमा

What's This?


Download our app to get more features

काठमाण्डौं २४, माघ । सर्वाङ्ग स्वास्थ्य सदन प्रालि स्थापनाको आज २५ वर्ष पुरा भएको छ । २५ औं वार्षिक उत्सवका अवसरमा सर्वाङ्ग स्वास्थ्य सदनले आफ्ना ग्राहक र सेवाग्राहीहरुलाई शुल्कमा विशेष छुट दिएको छ ।

सय बेड क्षमताको सर्वाङ्ग स्वास्थ्य सदनले भर्ना गर्नुपर्ने बिरामीहरुलाई बेडमा भारी छुट दिएको छ । पहिले सात सय रुपैया पर्ने बेड अहिले पाँच सयमा उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएको छ । त्यसैगरी सबै शुल्कमा दश प्रतिशत छुटको व्यवस्था गरिएको छ । बार्षिक उत्सवका अवसरमा प्रदान गरिएको छुट एक महिनासम्म रहने बताइएको छ । ललितपुरको कुपण्डोलमा रहेको सर्वाङ्ग स्वास्थ्य सदन प्रसुती र स्त्री रोग उपचारमा पछिल्ला वर्षहरुमा निकै लोकप्रिय रहेको छ । सर्वाङ्ग स्वास्थ्य सदनले विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ ।

Last modified on 2017-06-29 11:48:04

1 Comments

  1. मोती कुमार श्रेष्ठon Tue, Feb 07 2017 10:39 AM

    सर्व प्रथम त सर्वांङग स्वास्थ्य सदन प्रा.लि.ले आफ्नो २५ औ स्थापना दिवस पुरा गरेकोमा धन्यवाद ! विगतमा पनि त्यस संस्थाबाट समुदायमा बिभिन्न किसिममा स्वास्थ्य सेवा पुर्राउदै आएको थियो जसका लागि संस्थाका सदस्य डा.विकाश दली र डा.सानुमाया दली लाई हृदय देखि नमन ! प्रा.डा.सानुमाया दलीको मिठो मुस्कान सहितको मिठासयुक्त सरल भाषा र सेवाले स्त्री रोग सेवा लिन त्यहाँ पुग्नु हुने जो को हि बिरामी र तिनका आफंन्त खुशि र सन्तुष्टि हुन्छन !


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts