स्वास्थ्य राज्यमन्त्री गुरुङसँग २० तोला सुन
काठमाण्डौं, २४ माघ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले २० तोला सुन र एक सय तोला चाँदी रहेको खुलासा गर्दै आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएका छन् । उनले पाँच वटा विभिन्न बैंकमा खाता रहेको पनि खुलाएका छन् ।
राज्यमन्त्री गुरुङले प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनको नेपाल बैंक, एस डेभलपमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक गरी पाँच वटा बैंकमा खाता रहेको छ । तर, उनले बुझाएको विवरणमा भने खातामा कति रकम छ वा रकम नै छैन यो भने खुलाइएका छैन ।
उनको नाममा संखुवासभामा दुई वटा घर रहेको छ भने संखुवासभा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा झन्डै एक सय रोपनी जग्गा रहेको छ । गुरुङको सम्पत्ति विवरण अनुसार उनीसँग २० तोला सुन र एक सय तोला चाँदी छ ।
उनको जल यातायात कम्पनी प्रालि, टेम्के सिलिचुङ सहकारी र खेम्पालुङ नेपाली हाते कागज उद्योगमा सेयरको साथै २० तोला सुन र एक सय तोला चाँदी रहेको विवरणमा उल्लेख छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>